दुगड ग्रुपले ल्यायो मोटर ग्रेडर रिपर एटेचमेन्ट र लोडर « Khabarhub

दुगड ग्रुपले ल्यायो मोटर ग्रेडर रिपर एटेचमेन्ट र लोडर


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको बाटो र माटोलाई सुहाउदो विभिन्न मोडलका निर्माण उपकरणहरु विक्री गर्दै आएको एम भी दुगड ग्रुपले जी–९० मोडलको ९१ एचपी को यो नयाँ मोटर ग्रेडर रिपर एटेचमेन्ट र लोडरको बिक्री वितरण गर्न शुरु गरेको छ ।

यसको विक्री पहिलोपटक नेपालमा शुरु भएको ग्रुपले जानकारी दिएको छ ।

देशमा बनिरहेका सडकहरुमा लगभग ८६ प्रतिशत सडक एक लेन र दुई लेनमा बनिरको अवस्थामा बिकल्पको अभावले बाध्यताबस १२ फिटका ब्लेड रहेको ग्रेडर चलाउनु परिरहेको अवस्था नयाँ मोटर ग्रेडर रिपर एटेचमेन्ट र लोडरले पूर्ति गर्ने विश्वास ग्रुपको छ ।

सुरुवाती लगानी बडी खर्चनु पर्ने तथा संचालन खर्च पनिबडीनै चुकाउनुपर्ने अबस्थामा थोरै लगानी र कम संचालन खर्च रहने जी –९० मोटर ग्रेडर समय सापेक्ष सरल र सस्तो रहेको एम भी दुगड ग्रुपले जनाएको छ ।

तराईका फाट ,खोला नाला तथा पहाडका अप्ठ्यारा उकाली ओराली तथा घुमौरा सडकहरुमा पनि सजिलोसंग प्रयोग गर्न सकीने यस मोटर ग्रेडरमा अत्याधुनिक प्रबिधी उच्च फिनीसीङ्ग क्षमताको साथमा साना,मझौला तथा फराकिला बाटोमा समयसापेक्ष प्रयोग गर्न सकिन्छ ।

कम लागत उच्चतम प्रयोग, सस्तो संचालन खर्च,सरल तथा अत्याधुनिक प्रबिधी, उच्चतम माईलेज तथा बेजोड कार्य क्षमता यसका बिषेशता रहेको कम्पनीको दाबी रहेको छ ।

उचित मूल्यमा उपयोगीे गे्रडरको अभाव खड्कीरहेको अवस्थामा यो ग्रेडरले शहरी तथा ग्रामीण बाटोहरुलाई आधुनीक यान्त्रिकीकरणबाट सिघ्र तथा कम लागतमा आधुनीक मापदण्डको स्तरमा निर्माण गरी नेपाल जस्तो विकाशोन्मुख देशको निर्माणजगतमा क्रान्ति ल्याउने कुरामा विश्वस्त रहेको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ४ : ३९ बजे

धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति

म्याग्दी– म्याग्दीको दरबाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ को धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड

साहित्यकार चालिसेको ‘अम्मल’ कथासङ्ग्रह सार्वजनिक

काठमाडौं– साहित्यकार अच्युतप्रसाद चालिसेद्वारा लिखित दोस्रो साहित्यिक कृति ‘अम्मल’ कथासङ्ग्रह औपचारिक

अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई रणनीतिक सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे

‘मेयर सरुवा’ बारे यसो भन्छन् उदयपुरका माननीय गेलाल

काठमाडौं- उदयपुरबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि

मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि प्रदेशसभा बैठक सुरु

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि लुम्बिनी प्रदेशसभाको