तीजका लागि श्रृंगारका सामाग्रीको माग वर्षेनी बढ्दो, ५ करोडको चुरा र टिको आयत « Khabarhub

तीजका लागि श्रृंगारका सामाग्रीको माग वर्षेनी बढ्दो, ५ करोडको चुरा र टिको आयत



काठमाडौं– साँघुरो फुटपाथ, व्यस्त असान चोक । त्यसमाथि तीजका लागि सपिङ गर्नेको भीड उस्तै । भीडमा अधिंकाश महिलाहरु देखिन्थेँ । उनीहरु तीजको सपिङका लागि शनिवार टाढाटाढाबाट इन्द्रचोक र असनसम्म आइपुगेका थिए ।

कतै भ्याइनभ्याइ थियो त कतै सुनसान । तर शनिवार न्युरोड, खिचापोखरी, इन्द्रचोक, विशालबजार त्यस्तै चावहिल लगायतका अधिंकाश कस्मेटिक पसलहरु निकै व्यस्त देखिन्थें ।

महिला दिदीबहिनीहरु सपिङमा व्यस्त थिए भने व्यापारीहरु सामान देखाउन र बेच्न । व्यापारीलाई ग्राहकसँग बोल्नसमेत फुर्सद थिएन । खिचापाखरीस्थित एक कस्मेटिक पसल जहाँ महिलाहरु श्रृगारका सामान किन्न लाइनमा देखिन्थे ।

लाइनमा बस्ने एक युवती सपिङका लागि भक्तपुरदेखि न्यूरोड आइपुगेको बताउँदै थिइन् । ‘तीजको सपिङ गर्न भक्तपुरदेखि आएको म पनि’ उनले मुसुक्क हाँस्दै भनिन् ‘आज शनिवार नि प¥यो पर्सिका लागि केही सामान किन्नु थियो त्यसैले ।’

शनिवारको मौका छोपेर आउने उनी मात्र थिइनन् । काठमाडौंमा रहेको न्यूरोडमा सबै प्रकारका सामान पाइने हुँदा महिलाहरुको रोजाइमा परेको बताउँछिन् स्वयम्भूकी शशी श्रेष्ठ ।

उनी पनि सपिङकै लागि खिचापोखरी आइपुगेकी थिइन् । ‘न्यूरोडमा साडी किनेँ, इन्द्रचोकमा पोते बनाउन दिएको छु’ उनले भनिन् ‘यहाँ चुरा हेर्दै छु’ ।

शशी हरेक वर्ष तीजमा व्रत बस्ने गर्छिन् । ‘तीज भनेको हामी महिलाको लागि एकदमै महत्वपूर्ण पर्व हो’ उनले भनिन् ‘साथीसंगी भेट्ने नाच्ने र रमाइलो गर्ने चलनका रुपमा पनि लिन्छु’ ।

त्यसो त तीजका लागि दर खाने भन्दै विगतका वर्षहरु एक डेढ महिनाअघि देखि नै विभिन्न व्याङकेट तथा पार्टी प्यालेसहरुमा भीड हुने गर्थे । तीजका एक सय एक भाकाहरु असारबाटै बजारमा उपलब्ध हुन्थे ।

तर, यो वर्ष विगतमा जस्तो चहलपहल भने देखिँदैन । त्यसो त तिजमा तडकभडक गर्ने र पार्टी प्लासेसमा गएर पार्टी खाने भन्ने कुरा कतिपय स्थानीय तहले बन्देज नै गरे । जसका कारण चहलपहल शून्य भएको महशुस भने धेरैले गरेका छन् ।

तर, महिला दिदीबहिनीहरुले तीजलाई भव्य बनाउनका लागि घरमै दर खाने र समूहमा नाचेरै भएपनि रमाइलो भने गरिरहेका छन् ।

श्रृगारमा महिलाको मोह

तीजका दिन विशेषगरी महिलाहरुले रातो साडी वा पहिरानमा सजिने गर्छन् । हातभरी चुरा, गलामा पोतेका झुप्पा, साथमा कम्मरमा छड्के तिलहरी, कपालमा रातै धागो र विभिन्न गरगहनामा सजिने गर्छन् उनीहरु । तीजमा लगाउने पहिरनले महिलालाई आकर्षक मात्र देखिदैँन यसले नेपाली साँस्कृति समेत झल्काउने गर्छ ।

महिलाहरुले तीजकै लागि पनि विभिन्न श्रृगारका सामग्री किन्ने गर्छन् । आफुलाइ राम्री बनाउन र आकर्षक देखाउनका लागि उनीहरु कष्मेटिक देखि ज्वेयलर्सको सामान समेत प्रयोग गर्छन् ।

तीजमा मात्र नभइ जुनसुकै समयपनि प्रयोग गर्न मिल्ने श्रृगारका विभिन्न सामग्री पछिल्ला समय सबैले प्रयोग गर्न थालेका छन् त्यो सँगै आयत पनि बढेको देख्न सकिन्छ ।

बढ्दै चुराको आयत 

महिलाहरुले लगाउने चुरालाई श्रृगारको सामानका रुपमा लिइन्छ । नेपाली बजारमा विशेषगरी चाडपर्वमा समयमा उलेख्य मात्रामा चुराको आयत हुने गरेको भन्सार विभागले जनाएको छ ।

महिलाहरुले प्रयोग गर्ने अधिकांश श्रृगारका सामान वाह्य मुलकबाटै मगाउनुपर्ने अवस्था छ । नेपालका कुनै पनि सामग्री उत्पादन हुँदैन । जसकारण वर्षेनि करोडौं रुपैयाँका चुरा भारत तथा चीनबाट मगाइने गरिन्छ ।

नेपालमा प्रयोग हुने कस्मेटिकका सामानहरु भारतबाट ९५ प्रतिशत र बाँकी ५ प्रतिशत सामान चीन र जर्मनबाट आयत हुने विभागका सूचना अधिकारी शिशिर घिमिरेले खबरहबलाई जानकारी दिए ।  ‘आयत हुनेमा भारत, चीन र जर्मन पर्छन्’ उनले भने ।

चुराको आयतको अवस्था

आर्थिक वर्ष २०७५/७६ मा कुल ५ करोड ३५ लाख ४९ हजार रुपैयाँको बराबरको चुरा पोते, टीका, टिकुली, ब्याङगल र पोते आयत भएको छ ।

भन्सार विभागको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७४/७५ मा ३ करोड ९८ लाख ७७ हजार ५ सय ४९ रुपैँयाँको चुरा, टिका, टिकुली तथा ब्यागलको आयत भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ३ करोड १४ लाख ८५ हजार रुपैयाँ बराबरको चुरा, टिका र टिकुली आयत भएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

विभागको तथ्याङ्क हेर्दा वर्षेनि चुराको खपत बढ्दै गइरहेको देखिन्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ५ : २६ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा