सदस्य सचिव सिलवालद्वारा सहारा एकेडेमीको अवलोकन « Khabarhub

सदस्य सचिव सिलवालद्वारा सहारा एकेडेमीको अवलोकन


१५ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा महानगरपालिका–१७ दोविल्लास्थित सहारा एकेडेमीको अवलोकन गरेका छन् ।  सहारा क्लब पोखराले सञ्चालन गरेको सो एकेडेमीको निरीक्षणका क्रममा उनले एकेडेमीको विकासका लागि परिषद्बाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एकेडेमीमा रहेका बालकको उच्च शिक्षाको अध्ययनको लागिसमेत आवश्यक सहयोग गर्ने सिलवालले प्रतिवद्धता जनाए ।

सो अवसरमा उनले एकेडेमीको भौतिक पूर्वाधार लगायतका बारेमा जानकारी लिएका थिए ।  करीब २६ रोपनी क्षेत्रफलमा फैलिएको एकेडेमीमा हाल १६ जिल्लाका २४ बालक आश्रित छन् ।

सदस्य सचिव सिलवालले सहारा एकेडेमीको खेल मैदान १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को प्रशिक्षणका लागि उपयुक्त रहेको बताउनुभयो । एकेडेमीको मैदान साग महिला फुटबलको अभ्यासका उपयुक्त रहेको उनको भनाइ थियो ।

सहारा क्लबको प्रयासलाई सफल पार्न आग्रह गर्दै उनले भने, “सहारा एकेडेमीको बारेमा सञ्चार माध्यमबाट जान्ने अवसर पाएको थिएँ, आज एकेडेमीमा आउँदा मेरो इच्छा पूरा भएको छ । एकेडेमीको विकासका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौँ ।”

सहराका अध्यक्ष केशवबहादुर थापाले सदस्य सचिव लगायतलाई एकेडेमीको अवस्था बारेमा जानकारी गराएका थिए । राखेपका सदस्य राजेशकुमार गुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा, सहारा युकेका सल्लाहकार महेश गुरुङ, मुच्छेत्र गुरुङलगायत सहभागी थिए ।

 

प्रकाशित मिति : १५ भदौ २०७६, आइतबार  ९ : २० बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई