सदस्य सचिव सिलवालद्वारा सहारा एकेडेमीको अवलोकन « Khabarhub

सदस्य सचिव सिलवालद्वारा सहारा एकेडेमीको अवलोकन


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा महानगरपालिका–१७ दोविल्लास्थित सहारा एकेडेमीको अवलोकन गरेका छन् ।  सहारा क्लब पोखराले सञ्चालन गरेको सो एकेडेमीको निरीक्षणका क्रममा उनले एकेडेमीको विकासका लागि परिषद्बाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एकेडेमीमा रहेका बालकको उच्च शिक्षाको अध्ययनको लागिसमेत आवश्यक सहयोग गर्ने सिलवालले प्रतिवद्धता जनाए ।

सो अवसरमा उनले एकेडेमीको भौतिक पूर्वाधार लगायतका बारेमा जानकारी लिएका थिए ।  करीब २६ रोपनी क्षेत्रफलमा फैलिएको एकेडेमीमा हाल १६ जिल्लाका २४ बालक आश्रित छन् ।

सदस्य सचिव सिलवालले सहारा एकेडेमीको खेल मैदान १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को प्रशिक्षणका लागि उपयुक्त रहेको बताउनुभयो । एकेडेमीको मैदान साग महिला फुटबलको अभ्यासका उपयुक्त रहेको उनको भनाइ थियो ।

सहारा क्लबको प्रयासलाई सफल पार्न आग्रह गर्दै उनले भने, “सहारा एकेडेमीको बारेमा सञ्चार माध्यमबाट जान्ने अवसर पाएको थिएँ, आज एकेडेमीमा आउँदा मेरो इच्छा पूरा भएको छ । एकेडेमीको विकासका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौँ ।”

सहराका अध्यक्ष केशवबहादुर थापाले सदस्य सचिव लगायतलाई एकेडेमीको अवस्था बारेमा जानकारी गराएका थिए । राखेपका सदस्य राजेशकुमार गुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा, सहारा युकेका सल्लाहकार महेश गुरुङ, मुच्छेत्र गुरुङलगायत सहभागी थिए ।

 

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ९ : २० बजे

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन

केप भर्डेका गोलकिपर भोजिन्हामाथि इन्टर मियामीको नजर

काठमाडौं – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा

एनपीएल अक्सनबाट ५२ खेलाडी छनोट हुने, अन्तिम सूचीमा १५५ खेलाडी

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर