चीनमा कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० वर्ष पूरा : बेइजिङमा विशेष कार्यक्रम « Khabarhub

चीनमा कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० वर्ष पूरा : बेइजिङमा विशेष कार्यक्रम


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० वर्ष पुगेको अवसरमा बेइजिङमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । यो कार्यक्रममा राष्ट्रपति सि चिनफिङले सम्बोधन गर्नेछ भने कम्युनिस्ट सरकार आएपछि चीनले गरेको प्रगतिको समीक्षा हुनेछ ।

सो अवसरमा चीनले बेइजिङ्गमा अहिलेसम्मकै ठूलो सैनिक परेड गर्ने तयारी गरेको छ । परेडसँगै चीनले आफूले बनाएका हतियारको पनि प्रदर्शन गर्ने भएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका अनुसार १५हजार सेनाले परेड खेल्नेछन् । त्यस्तै १ सय ६० वटा जहाज आकाशमा उडाइनेछ । यसपालि पहिलो पटक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा रहेका ८ हजार चिनियाँ सैनिकपनि भाग लिने जनाइएको छ ।

७० औं वार्षिकोत्सव कार्यक्रम तियानमेन स्क्वायरमा गर्ने तयारी भएको चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । सो कार्यक्रममा सहभागिताका लागि विभिन्न ९७ देशका १८८ मिलिटरी एट्याची बेइजिङ पुगेका छन् ।

यही कार्यक्रममा सहभागी हुन हङकङका कार्यकारी प्रमुख केरी लेम पनि २ सय ४० जनाको प्रतिनिधिमण्डल लिएर चीन पुगेका छन् ।

वार्षिकउत्सवको कार्यक्रममा चीनको शान्तिप्रेमी र जवाफदेही प्रदर्शन गर्न लागिएको चिनियाँ रक्षामन्त्रालयले उल्लेख गरेको छ ।

चीनमा सन् १९४९मा माओले चीनमा जनगणतन्त्रको स्थापना गरेका हुन् । १९६६ देखि ७६ सम्म साँस्कृतिका क्रान्ति चलेको थियो । १९७७मा देङ्ग सियायोपिङ्गले चीनको अर्थतन्त्रमा मुख्य सुधारको पहल गरेका थिए ।

सेनाले सन् १९८९मा तियानमेन स्क्वायरमा लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि दमन गरेको थियो । सन् २०१०मा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भयो । सन् २०१८मा अहिलेका राष्ट्रपति सी जिनपिङ्गले आफू सधैका लागि चीनको राष्ट्रपति हुन सक्ने व्यवस्था गरेका हुन् ।

चीनको अहिले सम्मको विकासलाई लिएर विश्वले नै आश्चर्य मान्दै आएको छ । तर, मानवअधिकार र स्वतन्त्रताको कुरालाई लिएर उत्तिकै प्रश्नपनि उठिरहेका छन् । अहिले विश्वमा एउटा ध्रुवको नेतृत्व अमेरिकाले र अर्को ध्रुवको नेतृत्व चीनले गर्ने अवस्था उत्पन्न भइरहेको बेलामा चीनले विशेष कार्यक्रम गर्न लागेको हो ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ७ : ३३ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक