काममा तनाव लिनुहुन्छ ? सावधान यस्तो खतरा हुनसक्छ « Khabarhub

काममा तनाव लिनुहुन्छ ? सावधान यस्तो खतरा हुनसक्छ


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया कुनैपनि कार्यालयका कामको चाप हुनुलाई सामान्य नै मानिन्छ । तर कामको चाप भन्दा पनि तनाव बढी छ भने चाहीँ बिचार गर्नुहोस् है । दिनहुँको तनाव तपाईंका लागि खतरनाक बन्न सक्छ ।

मनोविज्ञान र स्वास्थ्यसम्बन्धि अमेरिकामा केही महिलामा गरिएको अध्ययन अध्ययन अनुसार कामबाट बिदा लिएर छुट्टी मनाउनेहरुमा मेटाबोलिक सिन्ड्रोम र मेटाबोलिक लक्षणको जोखिम कम भेटिएको छ ।

तर जो दैनिक कामको तनावमा पर्छन उनीहरुमा मोनोबोलिक सिन्ड्रोमको लक्षण बढी भेटिएको छ ।

मोनेबोलिक सिन्ड्रोम मुटुका विरामीका लागि जोखिमको कारकको एक संग्रह हो । यदि तपाईमा यो बढी छ भने मुटुरोग लाग्ने खतरा बढी हुन्छ । अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘जो मानिस नियमित बिदा बसेर कामको तनाव कम गर्छ, त्यसमा हृदयघातको पनि कम सम्भावना हुन्छ । किनकि मेटाबोलिक सम्बन्धि लक्षण परिवर्तनीय छन्, अर्थात परिवर्तन गर्न या नियन्त्रण गर्न सकिन्छ ।’

त्यसैले विचार यो कुरा मनन गर्नुहोस् र आफ्नो दौडधुपपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्टी लिनुहोस् अनि तनाव कम गर्नुहोस् । अफिसबाट लिइने यस्ता छुट्टीले तपाईलाई तनावबाट मुक्तिमात्रै होइन, यसबाट मुटुको विमारी हुने खतरा पनि निकै कम हुन्छ । कामबाट लिइएको छुट्टी मेटाबलिक सम्बन्धी लक्षण कम गर्न सहयोगी हुने र यसबाट मुटुको रोग लाग्ने खतरा समेत कम हुन्छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ९ : १६ बजे

ठगीको अभियोगमा सात जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सुकीलाई नजरबन्दमा सार्ने निर्णय, अन्तर्राष्ट्रिय छविमा केन्द्रित कदम

एजेन्सी– पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई

बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर