कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित « Khabarhub

नेपाल प्रिमियर लिग

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो।

पहिले ब्याटिङ गरेको विराटनगरले लोकेश बमको आक्रामक ब्याटिङको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो। उनले ५२ बलमा ८७ रन बनाए। उनको इनिङ्समा ३ चौका र ९ छक्का समावेश थियो।

विराटनगरका लागि एन्जेलो म्याथ्युजले २३ बलमा ३१ रन बनाए भने आन्द्रे रसेलले १५ बलमा २७ रनको योगदान दिए।

कर्णालीका कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए। मार्क वाटले एक विकेट लिए।

१८७ रनको लक्ष्य पछ्याएको कर्णालीले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो। यससँगै कर्णालीले प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम राखेको छ भने विराटनगरले लगातार दोस्रो हार बेहोरेको छ।

कर्णालीले यसअघि आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो। विराटनगर भने पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ८ : ४३ बजे

दोहामा नेपालको आज कठिन परीक्षा, पहिलो खेलमा भारतसँग भिड्दै

काठमाडौँ – कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ

आज २०८३ साल मङ्सिर ४ गते शुक्रबार राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर ४ गते शुक्रबार सन् २०२६

राप्ती नदी सफाइ

नारायणगढ – राप्ती नदीको उद्गमस्थलदेखि अन्तिम बिन्दुसम्म एकै दिन एकैसाथ

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

जेनेभा – कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र नियन्त्रण सीमित

आगलागीबाट पोखराकाे बालआश्रममा एक करोड बढीको क्षति

गण्डकी – कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार