कारागारबाटै अवैध असुली ! « Khabarhub

कारागारबाटै अवैध असुली !


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- जिल्ला कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले कारागारबाटै धम्की दिएर विभिन्न ट्राभल एजेन्सीबाट अनधिकृत रकम असुल्ने गरेको तथ्य बाहिर आएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार कारागारमा अपहरण तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका सानोबाबु भन्ने धनबहादुर सुनारले कारागारभित्रबाटै धम्की दिई यहाँका विभिन्न टुर्स एण्ड ट्रभल्सबाट दैनिक रकम असुल्ने गरेको तथ्य फेला पारेको हो ।

प्रहरीले रकम असुल्न सघाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । धनबहादुरले टुर्स एण्ड ट्राभल्स एजेन्सीबाट रकम असुल्न प्रयोग गर्दै आएका उनका भतिजा युवराज सुनारलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी उपरीक्षक वलीले सिम्ताली, पञ्चकोशी, देउती र नेपालगञ्ज टुर्स एण्ड ट्राभल्सबाट कारागारमा रहेका धनबहादुरले रकम असुल गर्दै आएको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ९ : ३४ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै