चाडपर्व विकृतिरहित बनाउनुपर्छ : मुख्यमन्त्री पौडेल « Khabarhub

चाडपर्व विकृतिरहित बनाउनुपर्छ : मुख्यमन्त्री पौडेल


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्ने बताए ।

मुख्यमन्त्री पौडेलले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास गरे। संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने बताए ।

विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज आयोजित शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेपाल सांस्कृतिक र धार्मिक हिसाबमा सम्पन्न रहेको बताए ।

प्रदेश नं ३ सङ्घको राजधानी र देशको धार्मिक तथा सांस्कृतिक सम्पदाको समेत राजधानी रहेको बताउँदै मुख्यमन्त्री पौडेलले बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक राष्ट्र भए पनि एकअर्काबीच सद्भाव, सम्मान र समभावका कारण नेपाली–नेपालीबीचको बलियो एकता रहेको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १० : ३२ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा