पदबाट राजीनामा दिने तयारीमा सभामुख महरा, ओली र प्रचण्डबीच वालुवाटारमा छलफल | Khabarhub Khabarhub

पदबाट राजीनामा दिने तयारीमा सभामुख महरा, ओली र प्रचण्डबीच वालुवाटारमा छलफल


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केही नेताहरुले आफूमाथि लागेको आरोपको सत्यतथ्य छानबिनका लागि राजीनामा दिन महरालाई सुझाव दिएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले मंगलबार बिहानै महरालाई फोन गरेर उनीमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे बुझेका थिए ।

आरोपबारे सत्यतथ्य छानबिन गर्नका लागि प्रचण्डले महराको सहयोग आवश्यक पर्ने बताएका थिए । ‘गम्भीर आरोप लागेको छ । अहिलेका लागि सत्यतथ्य छानबिन आवश्यक छ । यसमा तपाईंले सहयोग गर्नुपर्‍यो,’ सभामुख महरासँग गरेको कुराकानीबारे अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो ।

जवाफमा महराले आफू अनुसन्धानका लागि सहयोग गर्न तयार रहेको बताएका थिए ।

महरामाथि लागेको आरोपका विषयमा प्रचण्डले गृहमन्त्री रामबहादुर थापा (बादल)सँग पनि बुझेका छन् ।

महरामाथि लागेको आरोपका विषयमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नका लागि प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका जनाइएको छ ।

‘सभामुखबारे कस्तो निर्णय लिने भनेर छलफलका लागि अध्यक्ष प्रचण्ड अर्को अध्यक्ष तथा प्रधानमन्त्रीज्यूसँग छलफल गर्न बालुवाटार जानु भएको छ,’ प्रचण्ड निकट स्रोतले भन्यो ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ११ : ०० बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा