पदबाट राजीनामा दिने तयारीमा सभामुख महरा, ओली र प्रचण्डबीच वालुवाटारमा छलफल « Khabarhub

पदबाट राजीनामा दिने तयारीमा सभामुख महरा, ओली र प्रचण्डबीच वालुवाटारमा छलफल


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केही नेताहरुले आफूमाथि लागेको आरोपको सत्यतथ्य छानबिनका लागि राजीनामा दिन महरालाई सुझाव दिएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले मंगलबार बिहानै महरालाई फोन गरेर उनीमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे बुझेका थिए ।

आरोपबारे सत्यतथ्य छानबिन गर्नका लागि प्रचण्डले महराको सहयोग आवश्यक पर्ने बताएका थिए । ‘गम्भीर आरोप लागेको छ । अहिलेका लागि सत्यतथ्य छानबिन आवश्यक छ । यसमा तपाईंले सहयोग गर्नुपर्‍यो,’ सभामुख महरासँग गरेको कुराकानीबारे अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो ।

जवाफमा महराले आफू अनुसन्धानका लागि सहयोग गर्न तयार रहेको बताएका थिए ।

महरामाथि लागेको आरोपका विषयमा प्रचण्डले गृहमन्त्री रामबहादुर थापा (बादल)सँग पनि बुझेका छन् ।

महरामाथि लागेको आरोपका विषयमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नका लागि प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका जनाइएको छ ।

‘सभामुखबारे कस्तो निर्णय लिने भनेर छलफलका लागि अध्यक्ष प्रचण्ड अर्को अध्यक्ष तथा प्रधानमन्त्रीज्यूसँग छलफल गर्न बालुवाटार जानु भएको छ,’ प्रचण्ड निकट स्रोतले भन्यो ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ११ : ०० बजे

अष्ट्रेलियाले औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने

क्यानबेरा– अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै

क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं- क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री 

वीरगञ्ज– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा

एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

किमाथांका– सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौं– इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री,