ओली र प्रचण्डको निष्कर्ष– सभामुखले राजीनामा दिनुपर्छ « Khabarhub

ओली र प्रचण्डको निष्कर्ष– सभामुखले राजीनामा दिनुपर्छ


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पचण्डले यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले तत्कालका लागि पदबाट राजीनामा दिन उपयुक्त हुने निष्कर्षमा पुगेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलपछि दुई नेता सभामुखले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगेका हुन् ।

यद्यपि, सभामुख महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे छलफल गर्न दुई अध्यक्षले सचिवालय सदस्यको आकस्मिक बैठक समेत आह्वान गरेका छन् ।

अहिले केही बेरैमै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी सचिवालय बैठक शुरु हुने बालुवाटार स्रोतले जनाएको छ ।

‘दुवै अध्यक्ष अहिलेका लागि सभामुखले पदबाट राजीनामा दिनुपर्छ भन्ने निष्कर्षमा पुग्नुभएको छ । राजीनामा दिन लगाउनेबारे निर्णय गर्न सचिवालय बैठक बोलाइएको छ,’ प्रधानमन्त्री ओलीनिकट स्रोतले खबरहबसँग भन्यो, ‘सचिवालय बैठकले सभामुखलाई पदबाट राजीनामा दिन लगाउने निर्णय गर्न सक्छ ।’

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ११ : १६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन