महरालाई सभामुखसँगै सांसदबाट पनि राजीनामा दिन नेकपाको सुझाव | Khabarhub Khabarhub

महरालाई सभामुखसँगै सांसदबाट पनि राजीनामा दिन नेकपाको सुझाव


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यौन दुराचारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको छ ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले महरामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोप लगाएपछि सत्तारुढ दलले यस्तो सुझाव दिएको हो ।

तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेद्वारको रुपमा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित महरा वाम गठवन्धन (तत्कालीन एमाले र माओवादी केन्द्र)को साझा उम्मेद्वारका रुपमा प्रतिनिधिसभाको सभामुखमा विजयी भएका थिए ।

महरामाथि सोमबार साँझ संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले जबरजस्ती करणी गर्न खोजेको आरोप लगाएकी थिइन् ।

सभामुख महरामाथि लागेको आरोप तथा अबको प्रक्रियाबारे निर्णय गर्न भनेर मंगलबार बिहान नेकपा सचिवालय बैठक बसेको थियो ।

सचिवालय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर छानबिनमा सघाउनका लागि सुझाव दिने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १२ : ५२ बजे

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र

क्रिकेटर सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको