यस्तो छ ‘बादशाह जुट’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ ‘बादशाह जुट’ को ट्रेलर (भिडियो)


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक गरिएको छ । कार्तिक १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा सुशील श्रेष्ठ र आमिर गौतम स्टारर सिनेमाको ट्रेलरमा एक्सन र कमेडी देख्न सकिन्छ ।

चलचित्रलाई जोनी सिंह रानाले निर्देशन गरेका हुन् । यो चलचित्रमा सुशीलले पत्रकारको भूमिका निभाएको देख्न सकिन्छ भने आमिरले एक प्रहरी अफिसरको भूमिका निर्वाह गरेका छन् । ट्रेलरमा एक्सन र कमेडी दुवैको संयोजन छ ।

यो चलचित्रमा रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको समेत अभिनय छ ।

अभिषेक शशी कुमारले लेखेको यो चलचित्रलाई उत्तम हुमागाईंले छायाँकन गरेका हुन् । यस्तै चलचित्रमा राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १ : ०४ बजे

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न