दीपकराज गिरीपछि दीपाश्रीको स्पष्टीकरणः ‘ब्याउने’ हैन, ब्या हुने ! « Khabarhub

दीपकराज गिरीपछि दीपाश्रीको स्पष्टीकरणः ‘ब्याउने’ हैन, ब्या हुने !


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘छ माया छपक्कै’ को प्रचारात्मक गीत ‘बिच बिचमा’ विवादमा तानिएको छ । त्यसो त फिल्म चलाउन फण्डा गर्ने क्रममा हरेक वर्ष दीपक–दीपा विवादमा तानिने गर्छन् । एक हिसाबले दीपक–दीपाले यस्तै फण्डा गरेरै भए पनि विवादसँगै फिल्मको प्रचार गर्छन् ।

गीत विवादमा आएपछि दीपकराज गिरीले यो गीतमा ब्याउने नभनेर बिहे हुने भन्न खोजिएको बताएका थिए । यता दीपाश्री निरौलाले पनि सोही कुरा दोहोराएकी छिन् । उनले त अझ पत्रकारसँग कुरा गर्ने क्रममा यसले आफूहरुलाई नै फाइदा गरेको बताएकी छिन् ।

‘वास्तवमा यो बिहे हुने कुरा हो, स्ल्याङ अर्थमा ब्याउने भन्न खोजिएको हो,’ दीपाको भनाइ छ, ‘यसलाई फण्डाका रुपमा लिनुपर्छ, भिडियो हेर्दा पनि झगडा परेजस्तो छ, प्रमोसनसँगै छोटो समयमा होस् भनेरै यस्तो गीत बनाएका हौँ ।,’

दीपाश्रीले प्रमोसनल भिडियो बनाउने क्रममा यस्तो भिडियो बनाइएको बताएकी छिन् । आफैलाई ब्याउने बनाएर दीपाश्री निरौलाले कस्तो प्रचार गरेकी हुन् भन्दै दर्शकले भने मजाक बनाएका हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ५ : ४७ बजे

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न