जिम्बावेविरूद्धको जारी खेलमा सन्दीपले लिए २ विकेट « Khabarhub

जिम्बावेविरूद्धको जारी खेलमा सन्दीपले लिए २ विकेट


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंगापुरमा त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र जिम्बावेबीचको खेल जारी छ ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले नेपालले बलिङ गरिरहेको छ । जारी खेलको शुरुवातमा नेपालले महत्वपूर्ण विकेट लिन सफल भएको छ ।

नेपालका लागि सन्दीप लामिछानेले जिम्बावेको खाता नखुल्दै पहिलो विकेट लिन सफल भए । जिम्बावेका ओपनर ब्रायन चारी खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि जिम्बावेले ३० रन बनाउँदा नेपालले दोस्रो विकेट लिन सफल भएको हो ।

सोमपाल कामीले रेगिसलाई मात्र ६ रनमा आउट गराए । त्यसको लगत्तै नेपालले तेस्रो विकेट लिएको थियो । स्कोर ३८ रन हुँदा सन्दीपले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो विकेट लिन सफल भए । जिम्बावेका पिटर मोर १४ रनमा आउट भएका हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ५ : ५४ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको