जिम्बावेविरुद्धको खेलमा नेपाल ४० रनले पराजित | Khabarhub Khabarhub

जिम्बावेविरुद्धको खेलमा नेपाल ४० रनले पराजित


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको छ । १६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर १२० रनमै सीमित बन्यो ।

नेपालको आजको खेल पनि निकै फितलो रह्यो । पवन शर्राफ र कप्तान पारस खड्काले ओपनिङ गरे पनि पवनले खाता खोल्न सकेनन् ।

दोस्रो विकेटको रुपमा उपकप्तान दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । ऐरीले ४ रनमात्रै जोड्न सके । तेस्रो विकेटको रुपमा कप्तान पारस खड्का १२ रन जोडेर पेभेलियन फर्किए ।

आरिफ शेख र विनोद भण्डारीले नेपालको पारि केही आशालाग्दो देखाए पनि ५४ रन पुग्दा आरिफ आउट भए । आरिफले २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रनको योगदान दिएका थिए ।

नेपालले पाँचौं विकेटको रुपमा कुशल मल्ललाई ६२ रन हुँदा गुमाएको थियो । मल्लले ९ बलमा १ चौकाको मद्दतले ५ रन बनाएका थिए । सोमपाल कामी छैटौं विकेटको रुपमा ७ रन बनाएर आउट भएका थिए । नेपालका लगि विकेटकिपर व्याट्सम्यान करण केसीले नेपालको स्कोर १ सय रन कटाएका थिए ।

१०६ रन हुँदा सातौं विकेटको रुपमा करण १८ रन बनाएर आउट भए । १८ औं ओभरमा १११ रन रहेका बेला विनोद भण्डारी आउट भएका थिए ।

भण्डारीले ३३ बलमा ३५ रन बनाए । १८.५ ओभरमा सुसन भारी आउट हुँदा नेपालले ९ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

अन्तिमसम्म क्रिजमा रहेका सन्दीप लामिछाने र अभिनास बोहराले क्रमश ५ र ३ रन बनाएर नट आउट रहे । २० ओभरमा नेपालले जम्मा १२० रन बनायो । जिम्बावेका सिन विलियम्सले तीन विकेट लिएका थिए ।

सिंगापुरको इन्डियन एसोसियन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट लिए । कप्तान पारस खड्काले १ विकेट लिएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ८ : ४२ बजे

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

कास्की– पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिरकाे पुनर्निर्माण

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले