अब कामका लागि खाडी जानु पर्दैन् : प्रधानमन्त्री « Khabarhub

अब कामका लागि खाडी जानु पर्दैन् : प्रधानमन्त्री


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले ‘अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको बताएका छन्।

नेकपाका सांसद शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका सबै वाचा पूरा नभइसके पनि यसबीचमा धेरै काम शुरु भएको जिकिर गरे।

‘अब कामका लागि खाडी वा विदेश जानु पर्दैन। त्यस्तो वातावरण र मनस्थिति छाडेर देशमै केही गर्न सबै उत्रनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘पहिले पहिले पनि सरकार थिए तर पाइपलाइनबाट अमलेखगञ्जमा किन तेल झरेन ? त्यसकाण अब गर्छु होइन गरेँ भन्दैछु।’

मुलुकका ५७ लाख चर्पी निर्माण भएर खुला दिसामुक्त राष्ट्र घोषणा भएको र अन्य विकास निर्माणका काम भइरहेको विषयलाई पनि देख्न कलाकर्मीलाई आग्रह गर्दै सामाजिक सुरक्षा कार्यक्रम, तुइन विस्थापन, ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र सयौँ पुल निर्माण भएको र अब नेपाललाई सडक मानवमुक्त बनाउने अभियान थालिएको प्रधानमन्त्रीले बताए।

‘किनारामा बसेर कुरा काट्ने प्रवृत्ति छ तर सरकारले गरेका एक वर्षपछिका कामहरु इतिहासमा मानिसहरुले नसुनेका कामहरु भएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘कमलरी उन्मूलनको प्रस्ताव हामीले दर्ता गरेका थियौँ। कमलरीको जीवन व्यतित गर्नेहरु अहिले संसद्मा पुगेका छन्। परिवर्तन यही हो। सयौँ वर्षदेखि जनतालाई लुटेर खाएर आफू जमीनदार भएर बसेको स्थितिमा गरीबी उन्मूलन हुनका लागि केही समय लाग्नु अन्यथा होइन।’

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ९ : ०१ बजे

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा