पशु उत्पादनमा आवश्यकता र पहिचान गर्न आह्वान « Khabarhub

पशु उत्पादनमा आवश्यकता र पहिचान गर्न आह्वान


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मुलुकमा आवश्यक हुने पशु उत्पादनलाई ध्यानमा राखी तिनीहरुको पहिचानसहित व्यवसायमा लाग्न किसान, उत्पादक र सो क्षेत्रका विज्ञलाई सुझाव दिएका छन् ।

पशु सेवा विभागले म‌ंगलबार आयोजना गरेको ‘विभागको स्थापना दिवस तथा विश्व पशुपन्छी दिवस–२०७६’ को सप्ताहव्यापी कार्यक्रमको अवसरमा मन्त्री खनालले देशमा आवश्यक पर्ने अन्नलगायत मासुजन्य पदार्थको विश्लेषण गरी त्यसैअनुरूप उत्पादनमा जोड दिन सो क्षेत्रमा लागेका सम्बन्धित पक्षलाई आग्रह गरे ।

‘देशमा खाली रहेको बाँझो जमीन र बेरोजगारले रोजगारको रूपमा पशु उत्पादन व्यवसायमा ध्यान दिने हो भने मूल्य तिरीतिरी आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने थियो’, मन्त्री खनालले भने, ‘आफ्नो स्वामित्वमा जग्गा जमीन भएका दाजुभाइ तथा दिदीबहिनीले त्यसलाई खनजोत गरी उत्पादनमा जोड दिँदा पशुलगायत कृषितर्फको समस्या समाधान हुने थियो ।’

देशवासीमा अल्छीपना बढ्दै गएका कारण दरिलो काममा लागी नपर्दा कृषि क्षेत्रमा परिणाममुखी नतिजा पाउन नसकेको मन्त्रीको भनाइ थियो ।

सरकार र मन्त्रालयलाई दोष लगाउनुभन्दा योजना निर्माण गरी त्यसको समस्या समाधान, आधुनिक औजार, यन्त्र र उपकरणमा जोड, नयाँ बीउबिजन प्रयोगमा लाग्न कृषिमन्त्रीले आग्रह गरे ।

पशु उत्पादन तथा खेतबारीमा काम गर्ने किसानको सङ्ख्या घट्दै जानु तर सुपथ मूल्यमा सामान उपभोग गर्न खोज्नुका कारण कृषि क्षेत्र धराशायी बन्दै गएको मन्त्री खनालले ध्यानाकर्षण पनि गराए ।

‘मन्त्रालयले पशु उत्पादनमा जोड दिन नेपालको नौ वटा स्थानमा फार्म सुधारका लागि बजेट छुट्याएको छ’, मन्त्री खनालले भने, ‘राँगा, माछा, कुखुरा र अण्डा उत्पादनमा नेपाल आत्मनिर्भर भइसकेको छ ।’

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ९ : २१ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि