मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ  « Khabarhub

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ हुने भएको छ । 

उक्त अदालतमा हाल तीन वटा इजलास रहेकामा जिल्लामा मुद्दाको चापलाई आधार मान्दै नयाँ थप एक इजलास कक्षको निर्माण भइरहेको श्रेस्तेदार उपसचिव सञ्जित गौतमले जानकारी दिए। 

हरेक वर्ष करिब तीन हजार ७०० थान मुद्दा हेर्नुपर्ने अवस्था रहेकाले कामको चाप कम गर्न, समयमा नै मुद्दा फछ्र्योट गरी न्यायको अनुभूति गराउन तथा भौगोलिक विकटतालगायत कारण जिल्लामा न्यायाधीश अपुग भएपछि सर्वोच्च अदालतले इजलास थप्न अनुमति दिएको थियो । 
    
श्रेस्तेदार गौतमका अनुसार यही सातादेखि नयाँ इजलास सञ्चालनमा आउनेछ । थप इजलासका लागि आवश्यक जनशक्ति तयार गरिएको जनाइएको छ । 

सर्वोच्च अदालत प्रशासनले उक्त इजलासमा काठमाडौँ जिल्ला अदालतमा कार्यरत न्यायाधीश दीपक घिमिरेलाई सरुवा गरेको छ ।  

जिल्ला अदालतमा चालु आवका लागि अघिल्लो आवबाट जिम्मेवारी सरेका एक हजार ५८६ थान मुद्दा कायम छन् । इजलास र न्यायाधीशको सङ्ख्या थप भएसँगै जिल्ला अदालतबाट हुने कार्यसम्पादन छिटो र छरितो हुने विश्वास गरिएको छ ।  

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  १ : १६ बजे

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी–  आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ