अमेरिका-तालिबान वार्ता सकारात्मक दिशामा « Khabarhub

अमेरिका-तालिबान वार्ता सकारात्मक दिशामा


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि जल्मए खालिदजाद तथा अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानको राजनीतिक समूहका प्रतिनिधिबीच अफगानिस्तानमा शान्ति स्थापनाका लागि भएको वार्ता सकरात्मक दिशामा अघि बढेको तालिबानले जनाएको छ ।

तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले विज्ञप्ति जारी गर्दै कतारको राजधानी दोहामा अमेरिकी प्रतिनिधिसँगको शान्ति वार्ता सकारात्मक दिशामा अघि बढिरहेको जनाएका हुन् । उनले दुई पक्षबीच शनिबारबाट पुनः वार्ता शुरु हुने बताइएको छ ।

यता अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधिले पनि तालिबानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको प्रतिक्रिया दिएका छन् ।

‘तालिबानसँगको वार्तापछि अमेरिकाले समझदारी तथा शान्तिका लागि सुस्त कदम निरन्तर चालिरहनेछ ।’ खालिदजादले भने ।
तालिबान र अमेरिकाबीच गत जनवरीमा पनि शान्ति वार्ता भएको थियो ।

यसअघि राष्ट्रका नाममा सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने सङ्केत दिएका थिए ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अल कायदाले गरेको आतंकवादी आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा तत्कालिन समयमा सत्तामा रहेको तालिबानलाई गिराउन आक्रमण गरेको थियो । त्यसयता अफगानिस्तानमा अमेरिकी सेना तैनाथ छन् ।

पछिल्ला केही वर्षमा अफगानिस्तानमा भएको हिंसामा सर्वसाधारणको ठूलो सङ्ख्यामा ज्यान जाने गरेको प्रतिवेदनहरु सार्वजनिक हुने गरेका छन् ।

अघिल्लो वर्ष मात्रै अफगानिस्तानमा जारी हिंसामा परी कम्तीमा ४ हजार सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ४ : ३१ बजे

ऋषिलाई पत्याएनन् मतदाताले, घण्टीले २ हजार कटाउँदा, मोबाइलमा ९ मत

काठमाडौं- चर्चित पत्रकार ऋषि धमला फिल्म निर्माणपछि राजनीतिमा पनि फ्लप

काठमाडौं-४ मा ४ हजार ६१६ मतसहित रास्वपाका पुकार बमको अग्रता

काठमाडौं– काठमाडौं–४ मा जारी प्रतिनिधिसभाको मत गणनाको अहिलेसम्मको परिणाम अनुसार

झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

झापा– झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी

जुम्लामा राप्रपाका ज्ञानेन्द्रले अग्रता बनाउँदा रास्वपाकी बिनितालाई २ मत

काठमाडौं- एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रारम्भिक नतिजा

चितवन ३ मा पनि रास्वपा अगाडि

चितवन– पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी