सभापति थापाले गरे पदभार ग्रहण « Khabarhub

सभापति थापाले गरे पदभार ग्रहण


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका छन् । पार्टी मुख्यालय सानेपामा उनले पदभार ग्रहण गरेका हुन् ।

सभापति थापाले महाधिवेशन अन्तर्गतको निर्वाचन आम निर्वाचनजस्तो नभई पार्टीभित्रकै आन्तरिक प्रतिस्पर्धा भएकाले यसलाई जित–हारको विषयभन्दा पनि जिम्मेवारीको रूपमा लिनुपर्ने उल्लेख गरे । उनले सभापति तथा अन्य पदाधिकारीहरूको जिम्मेवारी केवल पद प्राप्त गर्नु मात्र नभई नागरिकहरूको लोकतान्त्रिक अधिकार, आत्मसम्मान, र न्यायको रक्षा भएको उल्लेख गरे ।

पार्टीका संस्थापकहरूको मूल मर्म—लोकतन्त्र, मर्यादा, र सामाजिक न्याय—लाई सधैं शिरोधार्य गरिने बताए । उनले पार्टीलाई सानो कोठाबाट निकालेर जनता, किसान, युवा, र मजदुरहरूसँग जोड्दै संस्थागत रूपमा परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे । कांग्रेसलाई समयसापेक्ष, वैचारिक रूपले सबल, र जनसरोकारका मुद्दामा खरो उत्रने पार्टी बनाइने उनले बताए ।

यसअघि आजै उनले पद तथा गोपनियताको शपथ पनि गरेका थिए । राजधानीमा आयोजित १५औँ महाधिवेशनमा श्यामकृष्ण खड्कीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन् ।

थापाले ६ हजार ५८४ मत पाएका थिए भने खड्कीले ३ सय ७५ मत प्राप्त गरेका थिए ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको सपथ भने दसैँपछि हुनेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ५ : २० बजे

फूलखेतीले दिलाएको सफलता…

पाल्पा– पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन्

कांग्रेस सभापति थापाबाट आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस

चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ– तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै

एनपीएल : आज लुम्बिनी र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो

काठमाडौँ– नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे