तयारी नगरी सवारी : मन्त्रीको टोली पाथीभरा आउने पूर्वजानकारी थिएन « Khabarhub

तयारी नगरी सवारी : मन्त्रीको टोली पाथीभरा आउने पूर्वजानकारी थिएन


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पर्यटनमन्त्री रवीन्द्र अधिकारीको टोली बुधबार पाथीभरा आउने पूर्वजानकारी नै नभएको कान्तिपुर दैनिकमा खबर छ । प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायले थाहा पाउँदासम्म टोली मन्दिर पुगिसकेको थियो । मन्त्री अधिकारीले तेह्रथुम चुहानडाँडाको कार्यक्रममा आफू काठमाडौं फर्कन लागेको बताए पनि टोली पाथिभरा दर्शन गर्न गएको थियो । त्यस्तै उद्धारमा संलग्न सैनिक प्रताव लामाले भुण्डिएरै उद्धार गरेको बताएका छन् ।

नेपालको अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउन सफल महिला क्रिकेटर झापाकी अप्सरी बेगमले नेपाली नागरिकता पाएकी छ्रैनन् । उनले नागरिकता नपाएको विवरणसहितको खबर ‘म किन अनागरिक’ शीर्षकमा छापिएको छ ।

त्यस्तै भारत र पाकिस्तानको तानावका कारण नेपाल आउने उडान प्रभावित भएका छन् । जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाएपछि नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हुन् ।

‘तारेभीर हेली पाठः आकाश छ्याङ्ङ पर्खिनू’ शीर्षकमा लेखिएको सम्पादकीयमा दुर्गम हिमाली र पहाडी भूगोलमा हेलिकोप्टरले वर्षभरि आपतविपत र अभरमा परेका यात्रुको सुरक्षित उद्धार गरेको छ, आवागमन अविश्वसनीय ढंगले सहज पारिदिएको पनि छ ।

कहिलेकाहीँ यस्तै दुःखद घटना आइपर्दा समस्त हवाईसेवा लाञ्छित हुन पुग्छ । फेरि पनि सरकार र यसको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले मौसमसँग् सतर्कता अपनाउने सीप र सावधानीका लागि खबरदारी गरिरहनुपर्छ । संवेदनशीलता हेरी हवाई सुरक्षामा सम्झौता स्वीकार्य हुँदैन।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ६ : ४२ बजे

सार्वजनिक लेखा समितिको सभापतिका लागि सांसद भरत खड्काले गराए मनोनयन दर्ता

काठमाडौं- प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन

ग्रीनसिफ्ट परियोजनाअन्तर्गत युवालाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

चितवन– युरोपियन युनियन (ईयू) को सहयोगमा तेस्रो वर्षका युवा पैरवी

कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा खड्कालाई उम्मेदवार बनाउने

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको

भारतमा महिला आरक्षण विधेयक बहसमा

एजेन्सी– भारतको संसद्मा महिलाका लागि एक तिहाइ सिट आरक्षण सुनिश्चित