इराकमा नेपाली युवती २ हजार डलरमा ‘किनबेच’ « Khabarhub

इराकमा नेपाली युवती २ हजार डलरमा ‘किनबेच’


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेको खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेपपिछ घटना बाहिरिएको नयाँ पत्रिकामा खबर छ । पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ ।

‘नेकपा : ए! कता?’ शीर्षकमा लेखिएको अर्को समाचारमा एकीकरण घोषणा भएको ८ महिनापछि गठन भएको एकता कार्यदल २ महिनापछि विनासहमति विगठन भएको छ । नौ सदस्यी कार्यदल ६ पटक बैठक बसदा पनि सहमति जुटाउन सकेन। कार्यदलका सदस्य बेदुराम भुसाल कार्यदल असफल भएको भन्दा पनि काम गर्न नदिएको आरोप लगाउँछन् ।

त्यस्तै कार्यदलका अर्का सदस्य लेखराज भट्ट भने कार्यदल संयोजकले पार्टी अध्यक्षको समय लिन नसकेको बताउँछन् । एकीकरणको ९ महिनासम्म पनि सिंहदरबाभित्रै संसदीय दलका २ अलग अलग कार्यालय छन्।
त्यस्तै भारत पाकिस्तानबीच युद्धको जोखिम कम शीर्षकमा अर्को समाचार छापेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ७ : ०० बजे

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको