त्रिविबाट शव निकालियो, टुँडिखेलमा राखिने | Khabarhub Khabarhub

त्रिविबाट शव निकालियो, टुँडिखेलमा राखिने


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोस्टमार्टम भएका शव श्रद्धाञ्जलीका लागि टुँडिखेल लगिएको छ । अस्पतालले जिम्मा लगाएका मन्त्री अधिकारीसहितका ७ जनाकै शव श्रद्धाञ्जलीका लागि त्रिवि शिक्षण अस्पतालबाट टुँडिखेल हिडाउन लागिएको प्रहरी नायव उपरीक्ष डिएसपी फडिन्द्र प्रसाईले जानकारी दिए ।

सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ । राति १ बजे पोस्टमार्टमको काम सकेपछि अस्पतालले  बिहान शव परिवारको जिम्मा लगाएको थियो ।

बिहीबार नै श्रद्धाञ्जली सभा गरिने कार्यतालिका बनाइएको भएपनि पोस्टमार्टमका लागि समय लाग्ने भएकाले आज बिहानसम्मका लागि श्रञ्द्धाञ्जली सभा सारिएको थियो ।

मन्त्री अधिकारीसहित मृतक ७ जनाकै पार्थीव शरीर टुडिखेलमा राखेर श्रद्धाञ्जली अर्पण गरिने छ । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी तथा उपराष्ट्रपति नन्दबहादुर पुन पनि टुँडिखेल पुग्नेछन् ।

त्यस्तै मन्त्रिपरिषदका सदस्यहरु, उच्चपदस्थ सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता तथा सर्वसाधारण टुँडिखेल पुग्नेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ७ : ३७ बजे

बझाङको मतगणना छबिसपाथिभेरामा सुरु गरिने 

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु गरिने भएको छ ।

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो