मन्त्री अधिकारीलाई राजकीय सम्मान पोखरा मै दिइने « Khabarhub

मन्त्री अधिकारीलाई राजकीय सम्मान पोखरा मै दिइने


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई राजकीय सम्मान पोखरामा दिइने भएको छ ।

बुधबार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको पार्थिव शरीर श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिएको छ । टुँडिखेलमै राजकीय सम्मान दिइने बताइएको भएपनि मन्त्री अधिकारीको अन्त्येष्टि पोखरामा गरिनेभएपछि राजकीय सम्मान पनि पोखरामै दिइने भएको हो ।

राजकीय सम्मानका लागि उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल पोखरा जानेछन् ।

टुँडिखेलमा श्रद्धान्जली सकिएसँगै मन्त्री अधिकारीको शव पोखरा लगिनेछ ।

मन्त्री अधिकारीको शव पोखरा विमानस्थलबाट सिधै नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ ।

श्रद्धाञ्जलीपछि शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

पोखरास्थित उनको घर परिवार तथा आफन्तजनमा रुवाबासी चलेको छ । अप्रत्यासित घटना सुनेलगत्तै अधिकारीको पोखरास्थित जन्मस्थल गैरा गाउँ जामुने बोटमा छिमेकीहरु भावविह्वल छन् ।

रवीन्द्र अधिकारीको जन्म २०२६ बैशाख २२ गते कास्कीको भरतपोखरी–जामुनाबोटमा भएको थियो । आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका जेष्ठ पुत्रको रुपमा जन्मिएका अधिकारीले प्राथमिक शिक्षा गाउँकै शान्ति उदय मावि विद्यालयबाट पूरा गरेका थिए ।

अधिकारीको निधनले सारा गाउँ नै शून्यता छाएको जामुनाबोटबासीहरु बताउँछन् । उनीहरु भन्छन् गाउँ नै टुहुरो बनेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १० : ४० बजे

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको