रवीन्द्रलाई गुमाउँदा ठूलो पीडा परेको छ– योगेश भट्टराई | Khabarhub Khabarhub

रवीन्द्रलाई गुमाउँदा ठूलो पीडा परेको छ– योगेश भट्टराई


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराइले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई गुमाउँनुपर्दा ठूलो पीडा भएको बताएका छन् ।

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित सात जनालाई श्रद्धान्जली दिन टुँडिखेल पुगेका नेता भट्टराईले हवाई दुर्घटनामा धेरै विशिष्ट व्यक्तिहरु गुमाएको र यो ज्यादै दुः ख लाग्दो कुरा भएको बताए ।

‘मन्त्री अधिाकरी पछिल्ला समयमा पर्यटन क्षेत्रको सफलताका साथ नेतृत्व गर्दै आइरहनु भएको थियो’ नेता भट्टराईले भने,‘उहाँलाई हामीले गुमाउनुपर्दा ज्यादै ठुलो पिडाको अनुभव भइरहेको छ ।’

रवीन्द्र अधिकारीसँग लामो सयम पार्टी संगठनमा सँग काम गरेका नेता भट्टराईले तीन दशकको आफ्नो अनुभव र सहकार्यले अधिकारी धेरै सम्भावना बोकेका र भरोसा गर्न लायक एउटा बौद्धिक साथै जनतासँग सहज ढंगले घुलमिल भइ आफ्ना कुरा जनतासँग सहजै राख्न सक्ने व्यक्तिको रुपमा मन्त्री अधिकारीलाई सम्झिए ।

आङछिरिङ शेर्पा पर्यटन व्यवसायीे तथा उड्डायन व्यवसायीका हिसाबले एक सफल व्यक्ति भएको भन्दै नेता भट्टराईले उनको अभाव नेपालको उड्यान क्षेत्रमा लामो समयसम्म खड्किरहने बताए । युवराज दाहाल नेपाल सरकारको उपसचिव भएर जनतासँग ज्यादै घनिष्ठ सम्बन्ध राखेर काम गर्न सक्ने विशेषता भएको व्यक्ति भएको र उनको निधनले ठूलो क्षति पुगेको नेता भट्टराईको भनाइ छ ।

विरेन्द्र श्रेष्ठ, धुव्र भोछिभया लगायतका उड्डायान क्षेत्रका साथीहरुको अवसनका कारण नेपालको ठूलो क्षति पुगेको नेता भट्टराईको भनाइ छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ११ : ०३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर