रवीन्द्रलाई गुमाउँदा ठूलो पीडा परेको छ– योगेश भट्टराई « Khabarhub

रवीन्द्रलाई गुमाउँदा ठूलो पीडा परेको छ– योगेश भट्टराई


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराइले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई गुमाउँनुपर्दा ठूलो पीडा भएको बताएका छन् ।

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित सात जनालाई श्रद्धान्जली दिन टुँडिखेल पुगेका नेता भट्टराईले हवाई दुर्घटनामा धेरै विशिष्ट व्यक्तिहरु गुमाएको र यो ज्यादै दुः ख लाग्दो कुरा भएको बताए ।

‘मन्त्री अधिाकरी पछिल्ला समयमा पर्यटन क्षेत्रको सफलताका साथ नेतृत्व गर्दै आइरहनु भएको थियो’ नेता भट्टराईले भने,‘उहाँलाई हामीले गुमाउनुपर्दा ज्यादै ठुलो पिडाको अनुभव भइरहेको छ ।’

रवीन्द्र अधिकारीसँग लामो सयम पार्टी संगठनमा सँग काम गरेका नेता भट्टराईले तीन दशकको आफ्नो अनुभव र सहकार्यले अधिकारी धेरै सम्भावना बोकेका र भरोसा गर्न लायक एउटा बौद्धिक साथै जनतासँग सहज ढंगले घुलमिल भइ आफ्ना कुरा जनतासँग सहजै राख्न सक्ने व्यक्तिको रुपमा मन्त्री अधिकारीलाई सम्झिए ।

आङछिरिङ शेर्पा पर्यटन व्यवसायीे तथा उड्डायन व्यवसायीका हिसाबले एक सफल व्यक्ति भएको भन्दै नेता भट्टराईले उनको अभाव नेपालको उड्यान क्षेत्रमा लामो समयसम्म खड्किरहने बताए । युवराज दाहाल नेपाल सरकारको उपसचिव भएर जनतासँग ज्यादै घनिष्ठ सम्बन्ध राखेर काम गर्न सक्ने विशेषता भएको व्यक्ति भएको र उनको निधनले ठूलो क्षति पुगेको नेता भट्टराईको भनाइ छ ।

विरेन्द्र श्रेष्ठ, धुव्र भोछिभया लगायतका उड्डायान क्षेत्रका साथीहरुको अवसनका कारण नेपालको ठूलो क्षति पुगेको नेता भट्टराईको भनाइ छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ११ : ०३ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।