नेपालमा कतारी लगानी भित्र्याउन सभामुख अर्यालको आग्रह « Khabarhub

नेपालमा कतारी लगानी भित्र्याउन सभामुख अर्यालको आग्रह


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । 

सभामुख अर्यालले कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्यमा जोड दिए । साथै, नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा कतारी लगानी भित्राउन आग्रह गरे ।

नेपालको कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने सम्भावनाबारे चर्चा गर्दै उनले नेपालबाट उत्पादित फलफूल, तरकारी, अन्नलगायतका कृषि उपज कतारमा निर्यात गर्ने वातावरण निर्माणका लागि आवश्यक समन्वय गर्न आग्रह गरे । 

त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न तथा हवाई सम्पर्क विस्तारमार्फत पर्यटन र व्यापार प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । खेलकुदको विकास र प्रवर्द्धनका लागि पनि दुई देशबीच सहकार्य विस्तार गर्न उनले आग्रह गरे ।

भेटमा सभामुखले भोटेकोशी नदीमा आएको बाढीपछि कतार सरकारले प्रदान गरेको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद व्यक्त गर्दै नेपालको पुनर्निर्माण तथा पुनः स्थापनामा थप सहयोगको अपेक्षा गरे । 

साथै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुई देशबीच रहँदै आएको सहकार्यलाई निरन्तरता दिनुपर्ने र विश्व शान्ति तथा स्थायित्वका लागि संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

राजदूत अन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ३ : ४१ बजे

नेपालमा कतारी लगानी भित्र्याउन सभामुख अर्यालको आग्रह

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल

हसिनाको स्वदेश फिर्ती अस्वीकार पक्राउ गर्ने सरकारको चेतावनी

ढाका– बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा

एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ ले टस जित्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौं- एसिया कप राइजिङ स्टार्स अन्तर्गत मंगलबारको खेलमा नेपाल र

एनभिडियामा हुआङको पुनरागमन, विवाद कायमै

सन फ्रान्सिस्को- अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको

भैरहवा हवाई रुटमा भारतसँग ऐतिहासिक ब्रेक थ्रु : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने