देशबाट एउटा उर्जाशील युवा अस्ताए : गगन थापा « Khabarhub

देशबाट एउटा उर्जाशील युवा अस्ताए : गगन थापा


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपालबाट एउटा उर्जाशील युवा अस्ताएको बताएका छन् । स्वर्गीय अधिकारीको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न टुँडिखेल पुगेका थापाले नेपाली राजनीतिक इतिहासमा ठूलो क्षति भएको बताए ।

अधिकारी क्षमतावान राजनीतिक नेता रहेको भन्दै थापाले विद्यार्थी राजनीतिकलाई उच्च तहमा पुराउने ठुलो भुमिका अधिकारीले नै खेलेको बताए ।

२०५५ सालतिर मन्त्री अधिकारीकै नेतृत्वमा आन्दोलन गर्दाको क्षण सम्झँदै थापाले भने, ‘मन्त्री अधिकारीले विशुद्ध विद्यार्थी राजनीतिक आन्दोलन गरेर राजनीतिक क्षेत्रमा नयाँ बाटो निर्माण गर्नुभएको थियो । उहाँ राजनीतिक गर्ने युवा विद्यार्थीका लागि विचारक नै हुनुहुन्छ ।’

नेपालको संविधान निर्माणमा पनि अधिकारीको ठूलो योगदान रहेको भन्दै थापाले पहिलो संविधानसभामा सार्वजनिक लेखा समिति र दोस्रो सविधानसभामा विकास समितिका बसेर अधिकारीले गरेका काम अहिले नयाँ मोडलका रुपमा अघि बढेको बताए ।

‘सरकारलाई विकासका लागि समितिबाट उहाँले दिएको दबाब प्रभावकारी थियो,’ थापाले भने, ‘अहिले उहाँले ल्याएका र उहाँले हामीलाई सुनाएका योजना नै देश विकास सम्भव हुने देखिएको छ ।

मन्त्री अधिकारीसँगको अन्तिम भेट सम्झँदै थापाले त्रिभुवन विमानस्थलमा भएको भेटमा परिवारका सबै सदस्य र विशेषगरी छोरीहरुको खबर सोधेको थापाले बताए । उनले यो घटनाले आफूलाई स्तब्ध बनाएको बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ११ : २७ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

काठमाडौं– पशुपतिनाथ क्षेत्रमा भेटिएका एक  फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा

स्वास्थ्य बीमामा १० वर्ष : विस्तारसँगै दिगोपन र नवीकरणमा चुनौती 

काठमाडौं– नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक दशक पूरा

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानबाट बाहिरिन आग्रह

एजेन्सी– इरानस्थित भारतीय दूतावासले दूतावाससँगको समन्वयमा भारतीय नागरिकहरूलाई इरानबाट तुरुन्त

नेपाल मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन २७ गतेदेखि हुने

काठमाडौं– नेपाल मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन यही चैत्र

मेथीपानीले मधुमेह नियन्त्रणदेखि छाला संरक्षण गर्न मद्दत पुग्छ 

काठमाडौं– मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै