नेपाल मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन २७ गतेदेखि हुने « Khabarhub

नेपाल मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन २७ गतेदेखि हुने


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन यही चैत्र २७ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आदिवासी मगर महिलाको अभियान, आत्मनिर्णयको अधिकार सहितको पहिचान भन्ने नाराका साथ आठौँ राष्ट्रिय महाधिवेशन चैत्र २७ गतेदेखि काठमाडौंमा आयोजना गर्न लागिएको जनाएको हो ।

संघकी अध्यक्ष हिरुसरा रानाले महिलाहरूको हकअधिकार, समानता र पहिचानका मुद्दालाई केन्द्रमा राख्दै महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जानकारी दिइन्  । महाधिवेशनलाई मगर समुदायको हकहित, पहिचान र सशक्तीकरणको दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको उनले बताइन्

संघले मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन तथा प्रदेश स्तरमा कानुनी रूपमा कार्यान्वयन गर्न पनि जोड दिएको छ । हाल संघको संगठन ७ प्रदेश, ५७ जिल्ला र तीन देशमा विस्तार भइसकेको जनाइएको छ । 
 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ५ : २५ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता