भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानबाट बाहिरिन आग्रह « Khabarhub

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानबाट बाहिरिन आग्रह


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानस्थित भारतीय दूतावासले दूतावाससँगको समन्वयमा भारतीय नागरिकहरूलाई इरानबाट तुरुन्त बाहिरिन आह्वान गरेको छ ।

दूतावाससँग पूर्व परामर्श र समन्वयबिना अन्तर्राष्ट्रिय सीमामा पुग्ने प्रयास नगर्न सुझाव दिँदै दूतावासका आपतकालीन नम्बरहरू समेत सार्वजनिक गरिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताको युद्धविरामको घोषणा गर्दै र इरानको १० बुधे प्रस्ताव बमोजिम  इरानमाथि बम विस्फोट र आक्रमण अभियान स्थगित गर्ने घोषणा गरे पछि यो आह्वान आएको हो ।

इरानले विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिकाको आक्रामकता बिना हर्मुजमा इरानको नियन्त्रणको निरन्तरताका साथै महत्त्वपूर्ण विश्वव्यापी तेल निर्यात विन्दु सहित प्रमुख सिद्धान्तहरूमा प्रतिबद्ध हुने अपेक्षा गरिएको छ ।

सबैभन्दा महत्त्वपूर्ण बुधा भने इरानको आणविक कार्यक्रमको विषय हो जुन लामो समय देखि दुई राष्ट्र र अन्तर्राष्ट्रिय समुदाय बीच विवादको केन्द्रबिन्दु बनेको छ । तेहरानले  यस कार्यक्रमका सबै प्रतिबन्धहरू हटाउने लगायत आर्थिक राहतको आह्वान गरेको छ, जसले वर्षौंदेखि इरानको अर्थतन्त्रलाई गम्भीर असर पारेको छ ।

यसै गरी तेहरानले द्वन्द्व अवधिमा भएको क्षतिको लागि इरानलाई क्षतिपूर्तिको भुक्तानी गर्न आह्वान गर्दै वित्तीय क्षतिपूर्तिका लागि जोड दिएको छ । इरानले आफ्नो क्षेत्रबाट अमेरिकी लडाकु सेना फिर्ता लिन र लेबनानसहितका क्षेत्रमा युद्धको अन्त्य गर्न माग गरेको जनाइएको छ ।
 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ५ : ३० बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा