इस्लामिक स्टेट शत प्रतिशत पराजित : ट्रम्प « Khabarhub

इस्लामिक स्टेट शत प्रतिशत पराजित : ट्रम्प


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाली कुर्द लडाकु नेतृत्वको फौजले सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेट नियन्त्रित सम्पूर्ण भूभाग फिर्ता गरेको घोषणा गरेका छन् ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भियतनामको राजधानी हनोईमा भएको शिखर वार्तापछि अमेरिका फर्कने क्रममा अलास्कामा रहेको जोइन्ट बेस एलमेण्ड्रोफ–रिचर्डसनमा राष्ट्रपति ट्रम्पले सिरियामा इस्लामिक स्टेट नियन्त्रित शत प्रतिशत भूभाग फिर्ता गरिएको जनाएका हुन् ।

उनले सिरियामा कुर्दिस लडाकु नेतृतवको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफले इस्लामिक स्टेट नियन्त्रित ९० वा ९२ प्रतिशत मात्र नभई शत प्रतिशत भूभाग फिर्ता गरिसकेको जनाएका हुन् ।

यता इस्लामिक स्टेटविरुद्ध लडिरहेका सिरियन डेमोक्र्याटिक फेर्सका एकजना काण्डरले भने इस्लामिक स्टेट नियन्त्रित सम्पूर्ण भूभाग फिर्ता हुन अझै साता लाग्ने जनाएका थिए ।

एसडीएफका कमाण्डर मजलउन कोबानेले भिडियो सन्देश जारी गर्दै पूर्वी सिरियाको डिएर एजजोर प्रान्तस्थित बघुज शहरको सानो क्षेत्रमा सिमित इस्लामिक स्टेट पराजयको सङ्घारमा पुगेपनि पूर्ण रुपमा पराजित हुन साता लाग्ने जनाएका थिए ।

ट्रम्प इस्लामिक स्टेट पराजित भएको घोषणा गर्दै सिरियाबाट चाँडै अमेरिकी फौज फिर्ता गर्न आतुर रहेको बताइन्छ ।

उनले गत डिसेम्बरमा सिरियाबाट अमेरिकी सेना फिर्ता गरिने घोषणा गरेका थिए ।

इस्लामिक स्टेटविरुद्ध लडिरहेका कुर्दिस लडाकु नेतृत्वको फौजलाई सहयोग गर्न सिरियामा करिब २ हजारको सङ्ख्यामा अमेरिकी सैनिक तैनाथ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तस्बीर एपी

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १२ : ३३ बजे

महिला महामन्त्रीमा डिना उपाध्याय र डिला संग्रौलाको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष