अज्ञात समूहद्वारा तोडफोड गरी वडा कार्यालयमा चोरी | Khabarhub Khabarhub

अज्ञात समूहद्वारा तोडफोड गरी वडा कार्यालयमा चोरी


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–९ को कार्यालयमा अज्ञात समूहले तोडफोड गरी चोरी गरेको छ ।

तिहार बिदाको समयमा ज्यामिरेमा रहेको वडा कार्यालयमा तोडफोड गरी मेलमिलापसम्बन्धी फाइल चोरी भएको वडाध्यक्ष भोजराज रेग्मीले बताए । वडा कार्यालय खोल्न जाँदा कार्यालय सहयोगीले कार्यालय तोडफोड गरिएको सूचना दिएपछि मात्र चोरी भएको बारे थाहा पाएको वडाध्यक्ष रेग्मीले बताए ।

अज्ञात समूहले कार्यालयको मुख्य ढोकासहित पाँच ढोका, स्टिल दराज र वडाध्यक्षको कार्यकक्षको टेबुलको घर्रा तोडफोड गरेको छ ।

चाडपर्वमा मादक पदार्थ सेवन गर्नेहरुले कार्यालय तोडफोड गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्का बताए।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ६ : ०० बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ