गोली लोड गरिएको पेस्तोल बोकेका तरुण दलका नगर अध्यक्षसहित पाँच जना पक्राउ « Khabarhub

गोली लोड गरिएको पेस्तोल बोकेका तरुण दलका नगर अध्यक्षसहित पाँच जना पक्राउ


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपाली कांग्रेस निकटको युवा संगठन नेपाल तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाह लोड गरिएको पेस्तोलसहित पक्राउ परेका छन् ।

निजी सवारीको सिटमुनी लुकाइ रहेको अवस्थामा दुई वटा गोली लोड गरिएको अमेरिकन पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
शंकास्पद गतिविधिदेखिएपछि शाहीमाथि चेकजाँच गरिएको प्रहरीले जनाएको छ ।

बाँकेको सुर्खेतरोडस्थित एक रिसोर्टमा बसेको समूहको गतिविधि शंकास्पद देखिएपछि इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम शाहीको टोलीले चेकजाँच गरेको थियो । त्यसक्रममा तरुण दलका नगर अध्यक्ष शाहसहित अन्य पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज(शुक्रवार) खुल्न लागेको एउटा ठेक्का हात पार्ने विषयमा योजना बनाउन उनीहरु रिसोर्टमा बसेका थिए । तर उनीहरुको गतिविधि शंकास्पद भएपछि प्रहरीले चेक जाँच गरेको थियो ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले लोड गरिएको पेस्तोलसहित शाह पक्राउ परेको बताए ।

‘कोहलपुर प्रहरीको अपरेशनका क्रममा शाहलाई एक थान मेडइन यूएस लेखेको अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको हो’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले भने, ‘पेस्तोलमा गोली लोड गरिएको अवस्था थियो।’

अध्यक्ष शाह राजनीतिक आडमा विभिन्न ठेक्का पट्टा हात पार्न सक्रिय हुने गरेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : ५१ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद