गोली लोड गरिएको पेस्तोल बोकेका तरुण दलका नगर अध्यक्षसहित पाँच जना पक्राउ | Khabarhub Khabarhub

गोली लोड गरिएको पेस्तोल बोकेका तरुण दलका नगर अध्यक्षसहित पाँच जना पक्राउ


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपाली कांग्रेस निकटको युवा संगठन नेपाल तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाह लोड गरिएको पेस्तोलसहित पक्राउ परेका छन् ।

निजी सवारीको सिटमुनी लुकाइ रहेको अवस्थामा दुई वटा गोली लोड गरिएको अमेरिकन पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
शंकास्पद गतिविधिदेखिएपछि शाहीमाथि चेकजाँच गरिएको प्रहरीले जनाएको छ ।

बाँकेको सुर्खेतरोडस्थित एक रिसोर्टमा बसेको समूहको गतिविधि शंकास्पद देखिएपछि इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम शाहीको टोलीले चेकजाँच गरेको थियो । त्यसक्रममा तरुण दलका नगर अध्यक्ष शाहसहित अन्य पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज(शुक्रवार) खुल्न लागेको एउटा ठेक्का हात पार्ने विषयमा योजना बनाउन उनीहरु रिसोर्टमा बसेका थिए । तर उनीहरुको गतिविधि शंकास्पद भएपछि प्रहरीले चेक जाँच गरेको थियो ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले लोड गरिएको पेस्तोलसहित शाह पक्राउ परेको बताए ।

‘कोहलपुर प्रहरीको अपरेशनका क्रममा शाहलाई एक थान मेडइन यूएस लेखेको अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको हो’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले भने, ‘पेस्तोलमा गोली लोड गरिएको अवस्था थियो।’

अध्यक्ष शाह राजनीतिक आडमा विभिन्न ठेक्का पट्टा हात पार्न सक्रिय हुने गरेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : ५१ बजे

प्रदेश अस्पताल पर्वतमा ३५ वर्षपछि विशेषज्ञ सेवा

पर्वत– सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट

नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह

काठमाडौं– बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित उच्चस्तरीय नेपाल–युके टेक फोरममा

तेलङ्गना राज्यप्रमुखले नेपालीमा मन्तव्य दिँदै भने- ‘ढाकाटोपी लाउने देख्दा परिवारजस्तै लाग्छ’

केही दिन अगाडि काठमाडौंबाट दिल्ली हुँदै भारतको हैदरावाद पुगेँ। नेपालबाट

एसीसी यु–१६ फाइनल : सिंगापुरद्वारा नेपालसामु ११४ रनको लक्ष्य

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेटको फाइनलमा

किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

गोरखा– गोरखा नगरपालिका– ८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा