कृष्णनगरको निषेधाज्ञा अझै जारी, जिल्ला सुरक्षा समितिको बैठक बस्दै « Khabarhub

कृष्णनगरको निषेधाज्ञा अझै जारी, जिल्ला सुरक्षा समितिको बैठक बस्दै


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तुको कृष्णनगरमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा आज पनि जारी रहेको छ।

तिहारको लक्ष्मीमाताको मूर्ति विसर्जनको क्रममा दुई समुहबीच विवाद भएपछि स्थितिलाई साम्य बनाउन स्थानीय प्रशासनले विहीबारबाट कृष्णनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नहुँदासम्मको लागि भन्दै निषेधाज्ञा जारी गरेको थियो । कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दीप शमसेर जबराले बिहीबार विहान लगाइएको निषेधाज्ञा अहिले पनि जारी रहेको बताए । यसैबीच निषेधाज्ञा र पछिल्लो अवस्थाको बारेमा छलफल गर्न १० बजे जिल्ला सुरक्षा समितिको बैठक बस्ने भएको छ ।

लक्ष्मीमाताको मूर्ति विसर्जनका क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको थियो । मृतक भारतीय नागरिक रहेको पुष्टि भएको छ । २० वर्षिय सुरज पाण्डेको मृत्यु भएपछि अवस्था झनै तनावग्रस्त बनेको थियो।

गोली लागेर मृत्यु भएका पाण्डेको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।

स्थानीय हिन्दु समुदायले लक्ष्मीपूजाको लागि स्थापना गरेको लक्ष्मीमूर्ति बुधवार साँझ विसर्जन गर्न लैजांदै गर्दा मुश्लिम समुदायसंग विवाद उत्पन्न भएको थियो।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ९ : ३९ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी