कृष्णनगरको निषेधाज्ञा अझै जारी, जिल्ला सुरक्षा समितिको बैठक बस्दै « Khabarhub

कृष्णनगरको निषेधाज्ञा अझै जारी, जिल्ला सुरक्षा समितिको बैठक बस्दै


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तुको कृष्णनगरमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा आज पनि जारी रहेको छ।

तिहारको लक्ष्मीमाताको मूर्ति विसर्जनको क्रममा दुई समुहबीच विवाद भएपछि स्थितिलाई साम्य बनाउन स्थानीय प्रशासनले विहीबारबाट कृष्णनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नहुँदासम्मको लागि भन्दै निषेधाज्ञा जारी गरेको थियो । कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दीप शमसेर जबराले बिहीबार विहान लगाइएको निषेधाज्ञा अहिले पनि जारी रहेको बताए । यसैबीच निषेधाज्ञा र पछिल्लो अवस्थाको बारेमा छलफल गर्न १० बजे जिल्ला सुरक्षा समितिको बैठक बस्ने भएको छ ।

लक्ष्मीमाताको मूर्ति विसर्जनका क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको थियो । मृतक भारतीय नागरिक रहेको पुष्टि भएको छ । २० वर्षिय सुरज पाण्डेको मृत्यु भएपछि अवस्था झनै तनावग्रस्त बनेको थियो।

गोली लागेर मृत्यु भएका पाण्डेको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।

स्थानीय हिन्दु समुदायले लक्ष्मीपूजाको लागि स्थापना गरेको लक्ष्मीमूर्ति बुधवार साँझ विसर्जन गर्न लैजांदै गर्दा मुश्लिम समुदायसंग विवाद उत्पन्न भएको थियो।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ९ : ३९ बजे

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको

चुरे मधेसको छाना हो : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको