दुई पक्षबीचको सहमति पछि सामान्य बन्दै कपिलवस्तु, आजै कर्फ्यु फिर्ता हुने « Khabarhub

दुई पक्षबीचको सहमति पछि सामान्य बन्दै कपिलवस्तु, आजै कर्फ्यु फिर्ता हुने


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– हिन्दू र मुस्लिम समुदायबीचको विवादका कारण बुधबार रातिदेखि तनावग्रस्त रहेको कपिलवस्तुको कृष्णनगरको जनजीवन विस्तारै सामान्य बन्दै गएको छ ।

बिहीबार बिहान हिन्दू र मुस्लिम समुदायबीचको तनावलाई नियन्त्रणमा लिन ‘प्रहरीले चलाएको गोली’ लागेर १ युवकको मृत्यु भएपछि कपिलवस्तु झन् तनावग्रस्त बनेको थियो ।

स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

बिहीबार दिउँसोदेखिको प्रयासका बाबदूत राति दुई पक्षबीच ११ बुँदे सहमति भएपछि स्थिति सामान्य बन्दै गइरहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत मनोज कुमार सैनीले खबरहबलाई जानकारी दिए ।

सैनीका अनुसार बिहीबार राति गोली लागी मृत्यु भएका व्यक्तिका आफन्तसहित स्थानीय बासिन्दा र स्थानीय प्रशासनबीच ११ बुँदे समझदारी भएको छ । उक्त समझदारीपछि हिन्दू समूदायका व्यक्तिहरुले लक्ष्मी पूजाको मूर्तिहरु पनि बिहीबार राति नै बिसर्जन गरिसकेका छन् ।

दुई पक्षबीच स्थानीयले दिएको उजुरीमा किटान गरिएका ‘घटनाका दोषी’लाई कारबाही गर्ने । मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, मृतकलाई शहीद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने लगायत विषयमा समझदारी भएको सैनीले खबरहबलाई जानकारी दिए ।

तिहारको समयमा लक्ष्मी पूजा गरी मूर्ति बिसर्जन गर्ने क्रममा स्थानीय मुस्लिम समूदायका युवाहरुले अवरोध सिर्जना गरेपछि बुधबार साँझदेखि कृष्णनगरमा तनाव बढेको थियो ।

हिन्दू समुदायले मूर्ति विसर्जन गर्न खोज्दा मुस्लिम समूदायहरुले आफ्नो टोल हुँदै जान नदिएपछि तनाव उत्पन्न भएको थियो ।

पछि दुई समुदायबीचको तनावले उग्र रुप लिँदा झडपको स्थिति सिर्जना भएको थियो । उक्त झडपमा गोली चल्दा बिहीबार बिहान सुरजकुमार पाण्डेको मृत्यु भएको थियो ।

स्थानीय प्रशासनले घटनामा ज्यान गुमाएका पाण्डे भारतीय नागरिक भएको बताएको छ । तर, स्थानीयहरुले भने पाण्डेको परिवारले ३ पुस्ता अगाडिदेखि कृष्णनगरमा व्यापार गर्दै आएको र उनी कृष्णनगरका बासिन्दा भएको बताउँदै आएका छन् ।

सैनीका अनुसार मृतक पाण्डेका परिवारले २० लाख रुपैयाँ क्षतिपूर्तिका माग गरेका छन् । स्थानीय प्रशासनले २० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने अधिकार नभएकाले त्यससम्बन्धमा गृह मन्त्रालयमा सिफारिस गर्ने समझदारी बनेको सैनीले खबरहबलाई जानकारी दिए ।

यस्तै, पाण्डेलाई शहीद घोषणा गर्ने विषयबारे पनि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको सैनीले बताए ।

सैनीका अनुसार अहिले कृष्णनगरको अवस्था सामान्य बन्दै गएको छ । तनाव कम हुँदै गएपछि बिहीबार बिहान ११ बजेदेखि जारी कर्फ्यु पनि आज (शुक्रबार) फिर्ता लिने तयारी भइरहेको सैनीले जानकारी दिए ।

‘अहिले केहीबेरमा (११ बजेदेखि) जिल्ला सुरक्षा समितिको बैठक बस्दै छ । सोही बैठकले शान्तिसुरक्षाको अवस्थाबारे विश्लेषण गरेर कर्फ्यु फिर्ता लिने निर्णय गन सक्छ,’ सैनीले खबरहबसँग भने ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १० : ५३ बजे

एनपीएलः सर्वाधिक विकेट लिनेको सूचीमा अविनास अगाडि बढ्दा पछाडि परे सन्दीप

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वाधिक विकेट लिने खेलाडीको

कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा

पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमै

पर्वत– पर्यटन तथा उद्योग कार्यालयले प्राविधिक र कर्मचारीको उपस्थितिमा निर्माण

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको

सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गर्ने कुलमानको निर्णय

काठमाडौं – सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ