जोन अब्राहमलाई कसले गिफ्ट गर्‍यो ३० लाखको पिकअप ट्रक? « Khabarhub

जोन अब्राहमलाई कसले गिफ्ट गर्‍यो ३० लाखको पिकअप ट्रक?


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका ह्याण्डसम हंक जोन अब्राहम बाइक र कारका निकै शोखिन छन् । यही कुरालाई ख्याल गर्दै फिल्म ‘मुम्बई सागा’ का निर्देशक सञ्जय गुप्ताले जोनलाई ३० लाख रुपैयाँको पिकअप ट्रक गिफ्ट गरेका छन् ।

निर्देशक गुप्ताले कार र बाइकमा रुचि राख्ने जोनजस्तो मान्छे आफूले नदेखेको भन्दै पिकअप ट्रक गिफ्ट दिएका हुन् ।

‘जोनसँग कैयन् बाइक र कारको कलेक्सन छ, मैले पनि उनका लागि पिकअप ट्रक किनेको छु, किनकि उनको कलेक्सनमा यो थिएन,’ निर्देशक गुप्ताले भने ।

यसको टेस्ट ड्राइभ गर्दा जोनले पिकअप ट्रक मन पराएको र त्यही कारण आफूले किनिदिएको गुप्ताको भनाइ छ ।

यसअघि पनि सञ्जय गुप्ताले जोनलाई सुपरबाइक दिएका थिए । सन् २०१३ मा प्रदर्शनमा आएको फिल्म ‘शूटआउट एट वटाला’ को सफलतापछि उनले जोनलाई सुपरबाइक गिफ्ट गरेका थिए ।

जोनसँग राजपुताना लाइट फुट, डुकाती डिवेल, कावासाकी निन्जा, हायाबुसा, महिन्द्रा मोजो लगायतका बाइकको सङ्ग्रह छ । साथै उनीसँग निसान जिटी आर, लेम्बोर्गिनी गेलार्डो सहित अन्य कार पनि छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १२ : २६ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक