नेकपा सांसद गौतमको काठमाडौंस्थित डेरामा चोरी « Khabarhub

नेकपा सांसद गौतमको काठमाडौंस्थित डेरामा चोरी


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का एक सांसदको घरमा चोरी भएको छ ।

संखुवासभाबाट निर्वाचित नेकपाका सांसद राजेन्द्र गौतम बस्ने गरेको काठमाडौं महानगरपालिका वडा नम्बर १० दवीनगर स्थित घरमा चोरी भएको हो ।

सांसद गौतमको फ्ल्याटमा विहीवार दिउँसो चोरी भएको प्रहरीले जनाएका छ ।

घरको ढोकामा लगाइएको ताल्चा फोडेर नगद र गरगहना चोरी भएको प्रहरीले बताएको छ ।

सांसद गौतम सिंहदरबार र उनकी पत्नी कार्यालय गएको समयमा चोरी भएको हो ।

१ लाख १५ हजार नगद सहित २ तोला ५ आना बराबरको सुनको गहना, चाँदीको थाली, दियो लगायतका सामाग्री चोरी भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १२ : ३२ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको