नेकपा सांसद गौतमको काठमाडौंस्थित डेरामा चोरी | Khabarhub Khabarhub

नेकपा सांसद गौतमको काठमाडौंस्थित डेरामा चोरी


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का एक सांसदको घरमा चोरी भएको छ ।

संखुवासभाबाट निर्वाचित नेकपाका सांसद राजेन्द्र गौतम बस्ने गरेको काठमाडौं महानगरपालिका वडा नम्बर १० दवीनगर स्थित घरमा चोरी भएको हो ।

सांसद गौतमको फ्ल्याटमा विहीवार दिउँसो चोरी भएको प्रहरीले जनाएका छ ।

घरको ढोकामा लगाइएको ताल्चा फोडेर नगद र गरगहना चोरी भएको प्रहरीले बताएको छ ।

सांसद गौतम सिंहदरबार र उनकी पत्नी कार्यालय गएको समयमा चोरी भएको हो ।

१ लाख १५ हजार नगद सहित २ तोला ५ आना बराबरको सुनको गहना, चाँदीको थाली, दियो लगायतका सामाग्री चोरी भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १२ : ३२ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने