अदालतमा महराको बयान शुरु « Khabarhub

अदालतमा महराको बयान शुरु


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जबरजस्ती करणी उद्योग (प्रयास) को अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महराको अदालती बयान शुरु भएको छ ।

महराको केही समय अगाडिदेखि मात्रै काठमाडौं जिल्ला अदालतमा बयान लिन शुरु गरिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा बयान लिन शुरु गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले खबरहबलाई जानकारी दिए ।

महराको बयान सकिए सम्भवत आजै थुनछेक बहस शुरु हुने छ । थुनछेक बहस सकिएपछि अदालतले महरालाई थुनामा पठाउने, धरौटी तिराइ तारेखमा रिहा गर्ने वा साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने भनेर आदेश जारी गर्ने छ ।

प्रहरीको झन्डै १ महिना लामो अनुसन्धान पछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध जबरजस्ती करणी उद्योग र ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा अधिकत्म ७ वर्ष ६ महिना कैद सजाय माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १२ : ३४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको