रवीन्द्रको अन्तिम संस्कार– २ छोरा र श्रीमतीले दिए दागबत्ती « Khabarhub

रवीन्द्रको अन्तिम संस्कार– २ छोरा र श्रीमतीले दिए दागबत्ती


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

पोखरा– हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई छोरा विराज, स्वराज र श्रीमती विद्या भट्टराईले दागबत्ती दिएका छन् ।

कास्कीकाे सेती  किनारमा रहेकाे रामघाटमा अधिकारीकाे अन्त्येष्टि गरिएकाे हाे ।

पोखरास्थित प्रदर्शनीस्थलमा अन्तिम श्रद्धाञ्जलीपछि अधिकारीको शव यात्रा शुरु भएको थियो । शवयात्रामा हजारौंकाे संख्यामा सर्वसाधारणको उपस्थिति थियाे ।

अधिकारीको पोखराको नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, अस्पताल चोक, गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो ।

परिवारले अधिकारीको काज–किरिया ७ दिनमै सक्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ५ : १७ बजे

माछा मार्न गएका एक पुरुष मृत भेटिए

गोरखा– माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौं– १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग

आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुनेमा ढुक्क छु : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन

मतदान सुस्त भएपछि लाइनमा जानुअघि एमालेका प्रतिनिधिलाई दिन थालियो मतदाता शिक्षा

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

बालेनको र्‍याप समावेश फिल्म ‘झरीपछिको इन्द्रेणी’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाह ‘बालेन’को र्‍याप गीत