विवाहित छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ « Khabarhub

विवाहित छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– आफ्नी २२ वर्षीया विवाहित छोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा बरामा एक ३८ वर्षीय पुरुष पक्राउ परेका छन् ।

छोरीलाई धम्की दिएर पटक पटक बलात्कार गर्ने गरेको उजुरीका आधारमा प्रहरीले बाराको कलैया बस्ने ३८ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षणका क्रममा उनीमाथि जबरजस्ती करणी भएको देखिएको बारा प्रहरीले जनाएको छ ।

पीडित युवतीको ०७५ माघमा विवाह भइसकेको थियो । तर, घरमा कुरा नमिल्दा उनी माइतीमा बस्दै आएकी थिइन् ।

माइतीमा बस्दा आफ्नै बुवाले धम्की दिएर आफूमाथि पटक पटक बलात्कार गरेको पीडित महिलाले बयान दिएकी प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुरुषविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद थप भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १ : ३६ बजे

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’