मल्लको कप्तानीमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने प्रधानमन्त्रीको विश्वास « Khabarhub

मल्लको कप्तानीमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने प्रधानमन्त्रीको विश्वास


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् ।

शुक्रबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मल्ललाई बधाई दिँदै मल्लको कार्यकालमा नेपाली क्रिकेटले नयाँ उचाई लिने विश्वास व्यक्त गरेका छन् ।

‘नेपाली क्रिकेट टोलीको कप्तान छानिनु भएकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु,’ प्रधानमन्त्रीले लेखेका छन्,‘उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने विश्वास सहित शुभकामना व्यक्त गर्दछु ।’

मल्ललाई बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ कप्तान घोषणा गरेको थियो । अस्वस्थताका कारण बुधबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली बिहीबार बालुवाटार फर्किएपछि उनले कप्तान मल्ललाई शुक्रबार बधाई दिएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काले कप्तानबाट असोज २८ गते राजीनामा दिएपछि उपकप्तान मल्ललाई क्यानले नयाँ कप्तान बनाएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १ : ४३ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी