रोल्पाका बाल शिक्षकहरुले १५ महिना बित्दा पनि पाएनन् पोशाक भत्ता « Khabarhub

रोल्पाका बाल शिक्षकहरुले १५ महिना बित्दा पनि पाएनन् पोशाक भत्ता


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एल बि मगर

रोल्पा– रोल्पाका बाल शिक्षकहरुले १५ महिनादेखिको पोशाक भत्ता पाउन सकेका छैनन् ।

जिल्लाका बाल शिक्षालयहरुमा पढाउँदै आएका बाल शिक्षक, सहायक कर्मचारी र विद्यालय सहयोगीहरुले आर्थिक वर्ष सकिएको ३ महिना बितिसक्दा पनि पोशाक भत्ता बापतको दश हजार रुपैयाँ नपाएको गुनासो गरेका छन् ।

जिल्लाका रुन्टिगढि, थवाङ, गङगादेबका ४ वटा गाउँपालिकाका ४ सय भन्दा बढी शिक्षक तथा कर्मचारीले पोशाक भत्ता पाउन नसकेका हुन् । स्थानीय तहमा रहेका शिक्षा शाखाका कर्मचारीको लापरबाहीका कारण आफुहरुले समयमा पोशाक भत्ता बापतको रकम नपाएको गुनासो बाल शिक्षकहरुको रहेको छ ।

उनीहरुका अनुसार जिल्लाका ६ वटा स्थानीय तहका बाल शिक्षकहरुले पोशाक भत्ता बापतको रकम गत असार मसान्त भित्र पाइसकेपनि आफूहरुले नपाएको बताएका हुन् ।

यसका बारेमा रुन्टिगढि गाउँपालिकाका शिक्षा संयोजक कुलराज आचार्य सँग जिज्ञासा राख्दा उनले बजेट नभएका कारण समस्या परेको बताए
असार मसान्तमा बिभागले जिल्लामा बजेट पठाएको र जिल्ला स्थित कोष तथा लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित गाउँपालिकाको खातामा रकम स्थानान्तरण गर्न ढिलाइ भै रकम फिर्ता हुँदा बाल शिक्षकहरुले समयमा पोशाक भत्ता नपाएको उनले बताए ।

जिल्ला स्थित कोलेनिका सँग समन्वय गरि आवस्यक प्रक्रिया अगाडि बढिरहेको र रोकिएको पोशाक भत्ता छिट्टै आउँने उनको भनाइ छ । यता जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका सूचना अधिकारी हेमन्त राज आचार्यले असार मसान्तमा आएको बजेटलाई नेपाल बैंक लिमिटेड भन्दा फरक बैंकमा खाता रहेका गाउँपालिकाहरु लाई समय अभावका कारण रकम स्थानान्तरण गर्न नसक्दा बाल शिक्षकहरुको पोशाक भत्ता बापतको रकम फिर्ता गएको बताउँछन् ।

थवाङ र रुन्टिगढि गाउँपालिकाले आवस्यक कागजातसहित प्रक्रिया अगाडि बढाएकाले छिट्टै उक्त फिर्ता भएको रकम आएमा शिक्षकहरुले पोशाक भत्ता बापतको रकम पाउने उनले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  २ : ५२ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार