देउवाकै अगाडि कांग्रेस कार्यकर्ताको नाराबाजी– हनुमान नेता चाहिँदैन | Khabarhub Khabarhub

देउवाकै अगाडि कांग्रेस कार्यकर्ताको नाराबाजी– हनुमान नेता चाहिँदैन


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) भित्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरुले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन् ।

शुक्रबार पदाधिकारी बैठकमा सहभागी हुन सानेपास्थित पार्टी कार्यालय पुगेका देउवाले आफ्नै कार्यकर्ताको विरोध र नाराबाजीको सामान गर्नु परेको हो ।

आगामी मंसिर १४ गते देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार तोक्ने, भातृ संगठनको विवाद समाधान गर्ने लगायत एजेण्डामा छलफल गर्न शुक्रबार दिउँसो १ बजेका लागि पदाधिकारीहरुको बैठक बोलाइएको थियो ।

तर, पार्टी कार्यालयमा नै कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्न थालेपछि तोकिएको समयमा बैठक नै शुरु हुन सकेन ।

सभापति देउवा पुग्दा कार्यकर्तालेहरुले ‘विधान मिच्न पाइँदैन, टीके प्रथा चाहिँदैन, हनुमान नेता चाहिँदैन…’ लगायत नारा लगाएका थिए ।

आफू पुग्दा कार्यकर्ताहरुले नारा लगाएको देखेर आक्रोशित भएका देउवाले जंगिदै कार्यकर्ताहरुलाई ‘यो के गरेको ?’ भनेर आक्रोश पोखेका थिए ।

नेवि संघभित्र अहिले उमेर विवादले उग्र रुप लिएको छ । नेता कृष्ण सिटौला पक्षधर कार्यकर्ताहरुले ३२ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई नेविसंघको नेतृत्वमा ल्याइए आमरण अनसन बस्ने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ३ : २० बजे

राष्ट्रिय बाल दिवसमा दीप प्रज्वलन, आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली

काठमाडौं – राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार काठमाडौंको

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती

संकटमा जुटेको सहकार्यबाट खुल्न थाले सरकारी कार्यालय 

काठमाडौं– युवाहरूको आन्दोलनपछि देशले निकास खोजिरहेको छ । सुरक्षा निकाय तथा