‘भीआईपी जुवाडे’हरुले सर्वोच्चबाट फिर्ता लिए बन्दी प्रत्यक्षीकरणको रिट « Khabarhub

‘भीआईपी जुवाडे’हरुले सर्वोच्चबाट फिर्ता लिए बन्दी प्रत्यक्षीकरणको रिट


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आइतबार जुवा खेल्दाखेल्दै काठमाडौं महाराजगञ्जबाट पक्राउ परेकामध्ये १४ जना ‘भीआईपी जुवाडे’हरुले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिएका छन् ।

आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखेको प्रमाण पुर्‍याउन नसकेको भन्दै १४ जनाहरुले शुक्रबार सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिएका हुन् ।

प्रहरीले गत आइतबार काठमाडौंको महाराजगञ्जबाट २५ जनालाई २ करोड ६७ लाख नगदसहित जुवा खेल्दाखेल्दै पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये ६ जनाले पक्राउ परेकै दिन आइतबार दिउँसो सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । अन्य ८ जनाले बुधबार अदालतमा रिट दायर गरेका थिए ।

अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै उनीहरुलाई अदालतमा उपस्थित गराउन भनेको थियो । अदालतको आदेशानुसार प्रहरीले रिट दायरकर्तालाई सोमबार, मंगलबार, बुधबार र बिहीबार समेत अदालतमा उपस्थित गराएको थियो ।

तर, शुक्रबार अदालतमा हाजिर हुने समयमा उनीहरुले रिट फिर्ता गर्ने निवेदन दिएका हुन् ।

प्रहरीले घटनाको अनुसन्धान गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरेपछि पक्राउ परेकाहरुले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

प्रहरीले बिहीबार मात्रै २५ जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराएको थियो । प्रशासन कार्यालयले उनीहरुमाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको थियो । थपिएको म्याद पक्राउ परेको दिनदेखि लागू हुने भएका कारण उनीहरुविरुद्ध थपिएको म्याद शनिबार सकिँदै छ ।

प्रहरीले अब उनीहरुलाई आइतबार प्रशासन कार्यालयमा उपस्थित गराउने छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ३ : ४० बजे

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।