‘भीआईपी जुवाडे’हरुले सर्वोच्चबाट फिर्ता लिए बन्दी प्रत्यक्षीकरणको रिट « Khabarhub

‘भीआईपी जुवाडे’हरुले सर्वोच्चबाट फिर्ता लिए बन्दी प्रत्यक्षीकरणको रिट


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आइतबार जुवा खेल्दाखेल्दै काठमाडौं महाराजगञ्जबाट पक्राउ परेकामध्ये १४ जना ‘भीआईपी जुवाडे’हरुले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिएका छन् ।

आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखेको प्रमाण पुर्‍याउन नसकेको भन्दै १४ जनाहरुले शुक्रबार सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिएका हुन् ।

प्रहरीले गत आइतबार काठमाडौंको महाराजगञ्जबाट २५ जनालाई २ करोड ६७ लाख नगदसहित जुवा खेल्दाखेल्दै पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये ६ जनाले पक्राउ परेकै दिन आइतबार दिउँसो सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । अन्य ८ जनाले बुधबार अदालतमा रिट दायर गरेका थिए ।

अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै उनीहरुलाई अदालतमा उपस्थित गराउन भनेको थियो । अदालतको आदेशानुसार प्रहरीले रिट दायरकर्तालाई सोमबार, मंगलबार, बुधबार र बिहीबार समेत अदालतमा उपस्थित गराएको थियो ।

तर, शुक्रबार अदालतमा हाजिर हुने समयमा उनीहरुले रिट फिर्ता गर्ने निवेदन दिएका हुन् ।

प्रहरीले घटनाको अनुसन्धान गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरेपछि पक्राउ परेकाहरुले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

प्रहरीले बिहीबार मात्रै २५ जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराएको थियो । प्रशासन कार्यालयले उनीहरुमाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको थियो । थपिएको म्याद पक्राउ परेको दिनदेखि लागू हुने भएका कारण उनीहरुविरुद्ध थपिएको म्याद शनिबार सकिँदै छ ।

प्रहरीले अब उनीहरुलाई आइतबार प्रशासन कार्यालयमा उपस्थित गराउने छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ३ : ४० बजे

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत– कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा

सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ: गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार

तीन विद्यालयलाई शैक्षिक सहयोग

काठमाडौं– स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको

अमेरिकाको टेक्सासमा बारभित्र गुण्डागर्दी, नेपाली मूलका चार युवाविरुद्ध गम्भीर आक्रमणको मुद्दा

काठमाडौं/टेक्सास- अमेरिकाको टेक्सास राज्यस्थित इर्भिङ सहरमा रहेको एक रेस्टुरेन्ट तथा