पाकिस्तानी सेनाको नक्कली फेसबूक पेजबाट भाइरल भएको त्यो पोस्ट… « Khabarhub

पाकिस्तानी सेनाको नक्कली फेसबूक पेजबाट भाइरल भएको त्यो पोस्ट…


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तान र भारतबीचको सम्बन्ध बिग्रिरहेका बेला अहिले फेसबूकको एउटा पोस्ट निकै भाइरल भइरहेको छ ।

पाकिस्तान आम्र्ड फोर्स नामक फेसबूक पेजको पोस्ट भाइरल भइरहेको हो । पोस्टमा हालै पाकिस्तानमा पक्राउ परेका भारतीय वायुसेनाका विङ्ग कमाण्डर अभिनन्दनका छोरालाई पाकिस्तानका तर्फबाट सानो बन्नी भन्ने शब्दले सम्बोधन गरिएको छ ।

निकै मायालु शैलीमा लेखिएको पोस्टमा अभिनन्दनका छोराले अब चाँडै आफ्ना बाबुलाई अङ्गालो हाल्न गइरहेकोमा बधाई दिइएको छ । पोस्टमा अभिनन्दनले आफ्ना छोराजस्तै स–साना बालकहरुलाई बम आक्रमण गर्न पाकिस्तान छिरेको भएपनि उनको छोरालाई उपहारस्वरुप अभिनन्दनलाई भारत फिर्ता गरिएको उल्लेख छ ।

पोस्टमा बन्नीसमक्ष आफ्ना बाबुलाई अङ्गालो हाल्ने क्रममा केही प्रश्न गर्न आग्रह गरिएको छ । पोस्टमा लेखिएको छ, ‘बन्नी, अङ्गालो हाल्ने बेला ‘के मस्तै कश्मीरी केटाकेटीलाई आफ्नो बाबुसँग खुशीसाथ रहने अधिकार छैन ?’ भनेर आफ्ना बाबुलाई सोध्नु । आफ्ना बाबुलाई सोध्नु, उनीहरुले तपाईँलाई क्रुद्ध भीडको जिम्मा लगाइदिएको भए के हुन्थ्यो ? उनलाई सोध्नु, युद्ध र घृणाको मूल्य के हो ? आफ्ना बाबुलाई सोध्नु्, सबैभन्दा शक्तिशाली के हो ? प्रेम वा घृणा ?

‘के सुन्दर छ ? जीवन वा मृत्यु ?’

पोस्टमा बन्नीका तर्फबाट जवाफ सुन्न आफू आतुर रहेको उल्लेख छ । यससँगै बन्नीलाई खुशीसाथ रहन भनिएको छ, अनी बन्नी आफ्ना बाबुसँग क्षेप्यास्त्र र बम नभई हातमा फूल लिएर पाकिस्तान आउने अपेक्षा गरिएको छ । पोस्टको अन्त्यमा बन्नीको हाँसो र खुशी छिन्ने जो कसैलाई पनि आफ्नो भूमि प्रयोग गर्न नदिइने बाचा गरिएको छ र आफ्ना बाबुसँग सधैँ खुशीसाथ रहन भनिएको छ ।

पोस्टमा हालसम्म ३२ हजारभन्दा धेरै रियाक्सन तथा ८ हजारभन्दा धेरै कमेन्ट आइसकेका छन् भने त्यस पोस्ट हालसम्म २४ हजारभन्दा धेरैपटक शेयर भइसकेको छ ।

पाकिस्तान आम्र्ड फोर्स नामक पेज भएपनि यो पेज पाकिस्तानी सेनाको आधिकारिक पेज भने नभएको बताइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ६ : १७ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम