एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवामा सीमितता (थ्रोटलिङ) गरेपछि युक्रेनको सैन्य ड्रोन अभियान प्रभावित भएको छ । युक्रेनी अधिकारीहरूका अनुसार युद्धको महत्त्वपूर्ण प्रविधि मानिएको स्टारलिंकको गति र पहुँचमा अंकुश लगाइएपछि सैन्य मिसनहरू बाधाग्रस्त बनेका हुन् ।
युक्रेनको कब्जामा रहेका दक्षिणी र पूर्वी भूभागहरूमा रुसी रसद (लजिस्टिक्स) आपूर्तिमा क्षति पुर्याउन इलोन मस्कको कम्पनी स्पेसएक्सका स्टारलिंक टर्मिनलहरू लामो दूरीका ड्रोन प्रहारका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छन् ।
युक्रेनी राष्ट्रपतिका सल्लाहकार सेर्गी बेस्क्रेस्तनोभले टेलिग्राममा लेख्दै युक्रेनी रक्षा बलले यस सीमितताबारे कुनै पूर्व चेतावनी नपाएको र यसका कारण कैयौँ सैन्य मिसनहरू अवरुद्ध भएको बताएका छन् । उनका अनुसार स्पेसएक्सले १ सय माइल प्रतिघण्टा (१६० किमीरघण्टा) भन्दा बढी गतिमा सञ्चालन हुने सैन्य-स्तरीय स्टारलिंक सेवाको सञ्चालन रोकिदिएको छ ।
दक्षिण(पूर्वी क्षेत्रमा खटिएको युक्रेनको सेभेन्थ र्यापिड रियाक्सन कर्प्सुले पनि आफ्ना केही युनिटहरू मिसन रद्द गर्न बाध्य भएको जनाएको छ । रोयटर्सलाई दिएको एक बयानमा उक्त कर्प्सले भनेको छ, ‘हाम्रो अवलोकन अनुसार, ११० देखि १२० किमीरघण्टाको गतिमा उडान गर्दा १० देखि २० सेकेन्डसम्म कनेक्टिभिटी टुट्ने गरेको छ।
ड्रोनहरू अगाडि बढिरहे पनि यस्ता अवरोधले तिनलाई नियन्त्रण गर्न कठिन बनाएको छ ।’ युक्रेनी रक्षा मन्त्रालयका एक स्रोतका अनुसार यो सीमितताले रसद व्यवस्थापन र केही ड्रोन सञ्चालनलाई थप जटिल बनाएको छ ।
स्टारलिंक सेवामा किन सीमितता ल्याइयो भन्नेबारे तुरुन्तै स्पष्ट भइनसके पनि वासिङ्टनले रुसी तेल प्रशोधन केन्द्रहरूमा आक्रमण रोक्न किभमाथि दबाब बढाउँदै लगेका बेला यो कदम चालिएको छ । यद्यपि, स्टारलिंक रुसभित्र काम गर्दैन र रुसी तेल उद्योगहरूमा प्रहार गर्ने युक्रेनी ड्रोनहरूले सञ्चारका लागि अन्य माध्यम प्रयोग गर्छन् ।
यसअघि युक्रेनले राजधानी किभमा भएका हालैका केही मिसाइल आक्रमणहरूबारे सहयोगी राष्ट्रहरूबाट पाउने नियमित पूर्वचेतावनी नपाएको बताएको थियो । सन् २०२२ मा रुसी आक्रमणको सुरुआती दिनदेखि नै युक्रेनमा सुरु गरिएको स्टारलिंक युद्धमैदानमा युक्रेनी सेनाको सञ्चारको मुख्य आधार रहँदै आएको छ ।
इलेक्ट्रोनिक सिग्नल ज्यामिङ ९सिग्नल अवरुद्ध गर्ने प्रयास० सहनसक्ने क्षमताका कारण समयक्रममा यो लामो दूरीका अट्याक ड्रोनहरू र अग्रपंक्तिमा आपूर्ति खसाल्ने ठूला हेक्साकोप्टरहरू उडाउनका लागि एक महत्त्वपूर्ण औजार बनेको छ ।














प्रतिक्रिया