लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य « Khabarhub

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर अब नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा पुगेकी छन् । 

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनी खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । 

उक्त प्रतिस्पर्धामा सफलता हासिल गरेपछि रिताले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गर्दै आफूलाई साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छन् ।

उनले यो जितलाई पद प्राप्तिमा मात्र सीमित नभई नेपाली कांग्रेसप्रतिको आफ्नो आस्था, राजनीतिक प्रतिबद्धता र सामाजिक उत्तरदायित्वसँग जोडिएको उपलब्धिका रूपमा व्याख्या गरेकी छन् । 

साथै, नेपाली कला, संस्कृति र लोकसङ्गीतको क्षेत्रमा आफूले गरेको यात्राका लागि पनि यो महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।

दुई दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय रिता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्षसमेत हुन् । 

गीतसङ्गीतको क्षेत्रमा आफ्नो पहिचान बनाएकी उनी अब पार्टीको केन्द्रीय नेतृत्वमा रहेर राजनीतिक जिम्मेवारीसमेत निर्वाह गर्नेछिन् ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ३ : १० बजे

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको