अदालतमा महराको बयान सकियो, थुनछेक बहस आइतबार हुने | Khabarhub Khabarhub

अदालतमा महराको बयान सकियो, थुनछेक बहस आइतबार हुने


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलामाथि जबरजस्ती करणी उद्योग (प्रयास) गरेको अभियोग लागेका पूर्व सभामुख कृष्ण बहादुर महराको अदालती बयान सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध बिहीबार अभियोग पत्र दायर गरेकोमा शुक्रबार बिहानदेखि महराको अदालती बयान शुरु गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलाशमा महराको बयान लिइएको हो ।

बन्द इजलाशमा बयान लिइएकाले बयानको विषय भने सार्वजनिक गरिएको छैन ।

महराको पक्षका कानून व्यवसायीले भने आफूमाथि लागका आरोपबारे महराले अदालतमा इन्कारी बयान दिएका छन् ।

प्रहरीको झण्डै १ महिने अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध जबरजस्ती करणी उद्योगको अभियोगमा मुद्दा दायर गरेको थियो । महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएकी थिइन् ।

सरकारी वकिलले महराविरुद्ध जबरजस्ती करणी उद्योगमा अधिकत्तम ५ वर्ष र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा थप २ वर्ष ६ महिना गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गरेको छ ।

शुक्रबार बयान लिने काम सकिएपनि थुनछेक बहस भने आइतबार मात्रै हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीले खबरहबलाई जानकारी दिए ।

कार्कीका अनुसार महरालाई आइतबार बिहान १० बजे उपस्थित गराउने गरी पुनः थुनामै पठाइएको कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ५ : ४७ बजे

राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आइतबार स्वीकृत

जंगीअड्डासामु जेन-जीसँग कुटाकुट गरेका प्रेम लामा भृकुटीमण्पडमा पत्रकारसँग भिडे

काठमाडौँ– गत बिहीबार दिउँसो नेपाली सेनाको मुख्यालय अगाडि भएको कुटाकुट

पार्टी छोड्ने चर्चापछि तोसिमाले भनिन् ‘मेरो बारेमा चिन्ता लिनुको साटो देशको बारेमा सोच्नुहोस’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टी छोड्न लागेको

विध्वंशले निम्त्याएको तनाव कसरी व्यवस्थापन गर्ने ?

जेनजीको आन्दोलनमा स्कूले पोसाकमा थुप्रै किशोर किशोरीले वीरगति प्राप्त गरे

चुनाव ६ महिनामा सम्भव छ : निर्वाचन आयोग

काठमाडौँ – ६ महिनाभित्र प्रतिनिधि सभाको चुनाव गराउन निर्वाचन आयोग