अदालतमा महराको बयान सकियो, थुनछेक बहस आइतबार हुने « Khabarhub

अदालतमा महराको बयान सकियो, थुनछेक बहस आइतबार हुने


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलामाथि जबरजस्ती करणी उद्योग (प्रयास) गरेको अभियोग लागेका पूर्व सभामुख कृष्ण बहादुर महराको अदालती बयान सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध बिहीबार अभियोग पत्र दायर गरेकोमा शुक्रबार बिहानदेखि महराको अदालती बयान शुरु गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलाशमा महराको बयान लिइएको हो ।

बन्द इजलाशमा बयान लिइएकाले बयानको विषय भने सार्वजनिक गरिएको छैन ।

महराको पक्षका कानून व्यवसायीले भने आफूमाथि लागका आरोपबारे महराले अदालतमा इन्कारी बयान दिएका छन् ।

प्रहरीको झण्डै १ महिने अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध जबरजस्ती करणी उद्योगको अभियोगमा मुद्दा दायर गरेको थियो । महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएकी थिइन् ।

सरकारी वकिलले महराविरुद्ध जबरजस्ती करणी उद्योगमा अधिकत्तम ५ वर्ष र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा थप २ वर्ष ६ महिना गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गरेको छ ।

शुक्रबार बयान लिने काम सकिएपनि थुनछेक बहस भने आइतबार मात्रै हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीले खबरहबलाई जानकारी दिए ।

कार्कीका अनुसार महरालाई आइतबार बिहान १० बजे उपस्थित गराउने गरी पुनः थुनामै पठाइएको कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ५ : ४७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको